आजमिति २०७५ साल आश्विन १० गते बुधवारको राशीफल ,यी ५ राशीलाई हुदै छ आजका दिन फलीफाप,

मेषः– समयले पूर्ण रुपमा साथ दिने छैन । जवर्जस्ति केहि नगर्नु होला । सहयोगको आशा गरेका ठाँउबाट पाईने छैन । अनावस्यक काममा समय र धन लगानी हुनेछ । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला ।नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । धन दिएर मित्रलाई टाढा नबनाउनु होला ।

 

वृषः– लगनशिलता बढाउनु होला । समयमा गरेका कामबाट राम्रै उपलब्धि हात लाग्नेछ । चित्त सानो गरेर काम नगर्नु होला । आज गरेका प्राय काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । पापीहरु आफै टाढा हुनेछन् भने सहयोग मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

 

मिथुनः– आत्म विश्वास घट्ने छैन । कुरा भन्दा काममा जोड दिनुहोला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला । आफन्तबाट होइन टाढाका व्यक्तिबाट सहयोग मिल्नेछ । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारोमा कुनै काम नगर्नु होला ।

 

कर्कटः–हेलचक्र्याई नगरि काम गर्नु होला । लगनशिल भई गरेका धेरै जसो काम सफल हुनेछन् । अरुको भरमा मात्रै काम नगर्नु होला आएको अवसर पनि फुत्किन सक्छ । राजनैति हतियार प्रयोग गरेर काम गर्न सके केहि उपलब्धि हात लाग्नेछ । साँझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाई प्रगति हुनेछ । यात्राको योग टरेको छैन ।

 

सिंहः– शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछ । गलत विचार बढ्नेछ । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा आच आउनेछ ।

 

कन्याः–समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गर्दा अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना अझै देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

 

तुलाः– प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । पुराना समस्या समाधान हुनेछन् । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ । परिश्रमको फल मिठो पाईनेछ । अरुको भर धेरै नपर्नू होला । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । नोकरीबाट त्यति सन्तुष्टि मिल्ने छैन ।

 

वृश्चिकः– आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । यान्त्रिक काममा अभिरुची बढ्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला विचमा धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ ।

 

धनुः–अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । संचित धन नोक्सान हुनसक्छ । धन दिएर कसैलाई आफ्नो बनाउन सकिने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । आलस्यता नै शत्रु सम्झनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । धन माल हराउन सक्छ ।

 

मकरः– रिस,अहंकार र क्रोधलाई नियन्त्रण गरेर काम गर्नु होला,गरेका कामबाट दाम मात्र होईन प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला ।समयमा काम गर्ने प्रयत्न गर्नु होला,ढिला सुस्ति गर्दा अवसर फुत्किने सम्भावना रहनेछ ।

 

कुम्भः–समय सुधारोन्मुख छ । लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला वचे खुचेको पनि सकिनेछ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । निर्माण व्यवसायबाट भने सामान्य लाभ हुनेछ ।

 

मिनः–समग्रमा दिन अनुकुल जस्तै देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुखी देखिन्छ । पूर्व तयारीका साथ काममा लाग्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।