तपाईका लागि यस्तो छ आजमिति २०७५ साल असोज १२ गते शुक्रबारको राशीफल

मेषः– परिवर्तित परिस्थितिलाई वुझेर काम गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । समस्याको पहिचान गरेर मात्र समाधानमा लाग्नु होला । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा प्रगति हुनेछ । गीत संगितमा अभिरुची बढ्नेछ ।

 

वृषः– काममा सहजीकरण अझै हुने देखिन्न । काम गरेर जश कमै पाईनेछ । व्यापार व्यवसायबाट मुनाफा अनुसारको प्रतिफल मिल्ने छैन । काम गर्दा आत्म विश्वासको कमि हुनेछ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् ।

 

मिथुनः– उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्दा अवसर फुत्किनेछ । तर आज गरेका काम अधिकाँश सफल हुनेछन् ।

 

कर्कटः– काममा सोचे भन्दा धेरै राम्रो हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

 

सिंहः– कार्य लगनशिलता बढ्नेछ । अबरुद्ध कामले विस्तारै गति लिनेछ । स्त्री जातिबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभान्वित हुनुहुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

 

कन्याः– समयमा अझै सुधार आउने देखिन्न । कहि कतैबाट इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर तपाईलाई दुःख दिन सक्छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्र्न स्वास्थ्यले पनि कम साथ दिनेछ ।

 

तुलाः– सामान्यतया दिन अनुकुल नै देखिन्छ काममा ढिला सुस्ति नगरि अगाडि बढ्नु होला । व्यापार व्यवसायमा नयाँ सम्भावना देखा पर्ने छन् । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । मान्य जनको सहयोग मिल्नेछ भने समाजमा तपाईको वौद्धिकताको कदर हुनेछ ।

 

वृश्चिकः– सवैलाई विश्वासमा लिएर काम गर्छु भन्यो भने उपलब्धि गुमाउनु पर्नेछ । काममा सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ ।परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

 

धनुः– दयाँ मायाँमा कुनै काम हुने छैनन । समस्याबाट नतर्सि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै काम नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुने भएकोले आर्थिक करोवार र वोलिलाई धान्नु पर्ने देखिन्छ । व्यापार व्यवसायमा उतार चढाव आई रहनेछ ।

 

मकरः– कामको विचमा विचार परिवर्तन गर्दा उपलब्धि गुमाउनु पर्नेछ । पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । तपाईको सहयोगको कुनै मुल्याङ्कन हुने छैन । लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा अधुरा रहनेछन् । स्वास्थ्यको ख्याल राख्नु होला ।

 

कुम्भः– सहज रुपमा काम हुनेछन् । आफ्नै पहलमा धेरै कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिने छन् । अर्थोपार्जन हुनेछ । काममा ढिला सुस्ति नगर्नु होल । राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला ।

 

मिनः– लगनशिलता बढाउनु होला । प्रयत्नबाट नै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।
 –पंडित सुराचार्य ।