भारतका रामपाल बाबालाई आजीवन जेल सजाय हुने


एजेन्सी । भारतका रामपाल बाबालाई हरियाणास्थित हिसार अदालतले आजीवन जेल सजाय सुनाइएको छ। गएको अक्टोबर ११ मा उनलाई चार महिला र एक बच्चाको हत्या आरोपमा दोषी पाइएको थियो।

हिसार अदालतले रामपालसहित उनका २६ अनुयायीहरुलाई दोषी ठहर गरेको छ। उनीविरुद्ध परेको आरोपको सुनुवाइको क्रममा अदालत अगाडि ठूलो संख्यामा सुरक्षा व्यवस्था बढाइएको थियो। रामपाललाई आजीवन जेल सजायका अलावा एक लाख रुपैयाँ तिर्न पनि अदालतले आदेश दिएको छ।

 

रामपाललाई सुनाईएको सजायमा एक महिला भक्तको हत्याको आरोप छ जसको लास उनको सतलोक आश्रमबाट २०१४ को नोभेम्बरमा बरामद गरिएको थियो।
रामपाललाई लगाइएका दोस्रो आरोप उनका भक्त पुलिस प्रशासनसँग मुडभेडमा जानु हो जसका कारण १० दिनसम्म चलेको आन्दोलनका कारण ४ महिला र एक बालकको मृत्यु भएको थियो।

 

रामपालललाई १८ दिनसम्मको लगातार प्रयासपछि हरियाणा पुलिसले रामपाललाई पक्राउ गर्न सफल भएको थियो। उनलाई पक्राउ गर्न हरियाणा राज्य सरकारको ५० करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै उनलाई पक्रिने क्रममा ६ जानको ज्यान गएको र २ सय ५० भन्दा बढी मान्छे घाइते भएको बताइएको छ।