दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च


काठमाडौं असाेज ३१। दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो ।

यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मुल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार दुई वर्षअघि मूल्य बढेर ५८ हजार पुगेर पुनस् ४८ हजार रुपैयाँमा झरेको थियो । त्यसपश्चात बढ्न थालेको सुनको भाउ मंगलबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको हो ।

 

‘केही दिनयता भाउ निरन्तर बढी रहेको छ,’ उनले भने, ‘दसंै पश्चात भाउ थप बढ्ने अनुमान छ ।’ उनका अनुसार मंगलबार कारोबार भएको मूल्य सोमबारकै हो । मंगलबारदेखि सार्वजनिक बिदा भएकाले नयाँ दर तोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा सोमबारको तुलनामा मंगलबार मूल्य केही बढेको छ ।

 

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा थप ४ डलरले बढेको छ । ‘सोमबार प्रतिऔस १२ सय २२।२० अमेरिकी डलरले कारोबार भएको सुन मगलबार बढेर प्रतिऔस १२ सय २६ डलर पुगेको छ,’ पूर्व अध्यक्ष शाक्यले भने, ‘सार्वजनिक बिदा भएकाले अब नयाँ मुल्य सोमबारमात्रै निर्धारण हुन्छ ।’ यसबीचमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । महासंघको तथ्याङक अनुसार एक महिनाको अवधीमा प्रतितोला २ हजार रुपैयाँले बढेको छ । तथ्याङक अनुसार असोज १ गते ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । हाल ६० हजार रुपैयाँमा कारोबार भएको हो ।

 

यस्तै, चादीको भाउ पनि निरन्तर बढेको छ । महासंघका अनुसार १ गते ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी ३० गतेसम्म आइपुग्दा प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । जानकारका अनुसार मुख्यतस् डलर, सेयर र भारतीय मुद्राका कारण स्थानीय बजारमा मूल्य बढेको हो ।

 

‘अमेरिका, साउदी अरब र इरानबीच देखिएको तनावका कारण लगानीकर्ताहरु सुनमा आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय बजारमा डलर केही कमजोर देखियो,’ पूर्व अध्यक्ष शाक्यले भने, ‘जसले गर्दा सुनमा लगानी गर्न बढे, माग बढेपछि मूल्यपनि निरन्तर बढेको हो ।’

 

यस्तै, अन्र्तराष्ट्रिय बजारमा सेयर मार्केट पनि घटेको छ । व्यवसायीहरु सेयर लगानी सुनतर्फ रुपान्तरण गरेका छन । डलरको तुलनामा भारतिय रुपैया ९आइसी० कमजोर हुँदा थप असर परेको व्यवसायीहरु बताउँछन् । ‘अन्तर्राष्ट्रिय बैंकहरुमा केही तनाव भएसँगै सुनमा लगानी बढ्छ,’ संघका अध्यक्ष मोहन सुनारले भने, ‘सुनमा विश्वास भएकाले मूल्य पनि बढेको हो ।’ यो समाचार आजको कान्तिपुरबाट।