ओली र प्रचण्ड कम्युनिष्ट होईनन् उनीहरू अवसरवादी कम्युनिस्ट हुन्: उपप्रधान तथा स्वास्थ्यमन्त्री ,यादव

काठमाडौं,असाेज ३१। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एव्म् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असली कम्युनिष्ट चरित्र बोकेका नेता नै नभएको गम्भिर आरोप लगाएका छन् ।

 

मंगलबार साँझ प्राईम टाईम्स् टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ओली र प्रचण्ड असली कम्युनिष्ट होईनन्, उनीहरु अवसरवादी कम्युनिष्ट नेता हुन् ।’

 

त्यस्तै उनले प्रदेश सरकारको अधिकार कटौती गर्न नहुने पनि जिकिर गरे । उनले भने,‘प्रदेशको अधिकार कसैले कटौती गर्न हुँदैन् , यस्तो भयो भने संघीयता कार्यान्वयन हुँदैन् । यदि संघीयता तलमाथि हुने बित्तिकै देश ठूलो संकटमा फस्छ ।’

 

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले काम गरिरहेको बताउँदै विस्तारै सफल हुने विश्वास व्यक्त गरे ।मन्त्री यादवले संविधान संशोधन गर्न सरकारले ढिलाई गरे आफ्नो पार्टी सरकारबाट बाहिरिने पनि चेतावनी दिए । उनले भने,‘अब हेर्दै जाउँ, हाम्रो पार्टी सरकारबाट कहिले बाहिरिन्छ, त्यो हेर्दै जानुहोस् ।’