विकासका एजेण्डालाई आक्रामक रुपमा लैजाने,दशैंलगत्तै कार्यशैली परिवर्तन गर्दै ओली

काठमाडौं कार्तिक ०३।प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं लगत्तै कार्यशैली परीवर्तन गरी थप आक्रामक रुपमा प्रस्तुत हुने संकेत देखाएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीले कार्यशैली चुस्तदुरुस्त बनाउन कामको मूल्याङकनका आधारमा केहि मन्त्रीहरु थपघट गर्ने मनस्थिती बनाएको बताइएको छ ।

 

यसअघि गत बिहीबार झापाको बिर्तामोडमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको आशा र भरोसालाई नतोड्ने बताउनुका साथै जनताले गरेको विश्वासलाई आफूले घात गर्न नसक्ने भन्दै नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका थिए ।

 

सरकारको कार्यशैली साँच्चै देखिने गरी परीवर्तन गर्न मातहतका मन्त्रीहरुलाई थप आक्रामक बन्न निर्देशन दिने तथा विवादमा आएका र चित्त बुझ्दो काम गर्न नसकेका मन्त्रीहरुलाई हटाउने तयारीमा रहेको जनाइ्एको छ ।