नक्कली नोटको राजधानीमा बिगविगी, कारोबारमा संग्लन २ जना पक्राउ

काठमाडौं कार्तिक ०३ । दसैंको मौकामा काठमाडौंमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको छ । प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई पक्राउ गरेसँगै राजधानीमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको हो ।

 

काठमाडौं प्रहरी परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका छन् ।

 

काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो । घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।