आज मिति २०७५ साल कार्तिक ४गते आइतवारको राशिफल तपार्इका लागि कस्ताे छ पशुपतिनाथ काे दर्शन गरि हेर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्नेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएल सचेत रहनु होला ।

ज्यो.पं. नारायणप्रसाद दुलाल