अाज मिति २०७५ साल कात्तिक ५ गते सोमबार तपार्इका लागि कस्ताे छ अाजकाे राशिफल हेर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

पछिका लागि खर्च गर्नुपर्ने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। वैदेशिक यात्रा लाभदायक रहनेछ। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। 

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। कामको लागत भने बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

केही समय लागे पनि कार्यसिद्धिको समय छ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ। आफ्ना लागि जुटिदिने सहयोगीहरू फेला पर्नेछन्। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउन सक्छ। 

कर्कट  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गरे पनि भाग्यले साथ दिने हुँदा काममा हौसला मिल्नेछ। व्यवधानहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। अभावको अवस्थाबाट मुक्ति मिल्नेछ भने दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

खानपानको कमजोरीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप भने बढ्न सक्छ।

कन्या  टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आतिथ्य भने खर्चिलो हुन सक्छ। पहिलेका कामबाट आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

तुला  र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। परिबन्धले केही समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु 

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। 

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, द

परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। धेरै बोल्दा समस्या आउन सक्छ। 

मीन  दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदा हुनेछ। 

 

नेपाली पात्रोबाट साभार