सरकार मेलम्ची, थानकोटको टनेल, अन्तराष्टिय विमानस्थल बनाउने र बिकासको जिम्मा हामीलाई दे

एम.बि. थापा नेपाल सामाजिक सेवा हङकङका अध्यक्ष

 काठमाण्डौ कार्तिक १० सरकार मेलम्ची टनेल, थानकोटको टनेल र अन्तराष्टिय विमानस्थल बनाउने जिम्मा हामीलाई दिनुहोस ।

बिकासको कुनै चरम सिमा नहुदो रहेछ नाबोलिकनै काम गरेर देखाउने मज्जाको उदाहरण हो यो संसारकै सबै भन्दा लामो र ठुलो पुल हंगकंग मकाउ जुहाई मेगा ब्रिज भनिन्छ, हिजो मात्रै २३ अक्टोबर २०१८ मा चिनियाँ राष्ट्र‍पती सि जिङ पिङ बाट औपचारिक रुपमा उद्घाटन भयो ल हेर्नुहोस आफ्नै आखाको अगाडी छ बर्षको अवधिमा आफैले यस्तो बनाउन सकिदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो यो अझ मजाको कुरो के छ भने यो कसरि बन्यो, कसरि सम्भव रहेछ भन्ने कुराको प्रमाण यो आफ्नै थोत्रे क्यामराले छ बर्षको अन्तरालमा लेबरगिरि गर्दै कैद गर्या हो यो प्रोजेक्टमा झन्डै ६० पर्तिशत कामदारहरु चिने जानेको सबै हाम्रा नेपाली दाजुभाइ दिदिबहिनिहरुनै हुन् येस्तै येहा अन्य थुप्रै पुल, विमानस्थल, अग्ला टावर र टनेलहरु पनि नेपाली कादारले बनाइ सकेका छन ।

अब थोरै कुरा बंग्याउँन चाहे, जुन कुरा हाम्रा आफैले आफैलाई नेता हु र देशको बिकाश र समृद्धिको गफ हाक्ने नेताहरुलाई मन पर्दैन अर्थात आफनै छिमेकी देश चीनले नेपाली कामदारको कला, शिप र ट्यालेन्टशिपलाई पर्योग गरेर यस्तो विकाश गर्न वा बनाउन सक्दो रहेछ यो एउटा राम्रो प्रमाण हो भने हाम्रो सरकारले हाम्रा युवाहरुलाई काम गराउन वा कज्याउन नजान्नु कसको कमजोरी हो । देशको बिकास नहुनु कस्को कमजोरी हो मैले नबुझ्या यति हो त्येसैले मलाइ बुझाउन सक्ने महानुभावहरु कोइ हुनुहुन्ह्छ ।

अब नेपाल सरकारलाई मेरो एउटा सानो अनुरोध के भने मेलम्चीको टनेल, थानकोटको टनेल र अब नया बन्ने अन्तराष्ट्रिय विमानस्थल बनाउने जिम्मा हामि प्रबासी नेपाली कामदारलाई दिनुहोस, हामि छ बर्ष भित्र बनाएर देखाउछौ किन भने तपाइहरुको काम भन्दा पनि साह्रै घिन लाग्ने किच किच र गफै मात्र भो यदि त्यो जिम्मा दिन पनि मनखट लाग्छ भने कम्तिमा हाम्रो नदि नाला र हिमाल मात्रै हामीलाई जिम्मा दिनुहोस, हामि बनाएर देखाउछौ हाम्रा नेताहरुको जस्तो बकम्फुसे गफ होइन किनकि हामि संग जोशजागर छ, शिप छ, अनुभव छ इमान्दार छ येतिका धेरैं कुरा हामि संग हुदा हुदै हामि पडोसिको विकाश टुलु टुलु हेरेर बस्न सक्दैनौ ।