अब मन्त्री बिरुद्ध नै आन्दोलन गर्छु :डा. केसी

काठमाडौँ, असोज १६ । प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरलले भ्रम सृजना गरेको आरोप लगाएका छन्।डा. केसी मन्त्री बिरुद्ध खनिएका हुन् ।उनले शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदन विपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको भन्दै उनले आरोप लगाए ।

 

 डा.केसीले संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे । जवाफमा मन्त्रीले डा. केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए ।

 

सीटीईभीटी, नर्सिङलगायतका कलेजहरु कार्यक्रम सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको भन्दै डा। केसीले भनेका छन्, ‘त्यसमा शिक्षामन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’

 

‘ती कार्यक्रमहरुलाई चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारमा जान नदिने र आफैंले स्वीकृती प्रदान गरी आर्थिक लाभ लिने निहित स्वार्थ बमोजिम हामीसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका छन् ।’उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।