निकट भविष्यमै समृद्ध बाजुरा र सम्पन बाजुरेली सम्भव

     

           लाेकराज महतारा 

 

काठमाडाै।  मानव विकास सूचाकांकमा ७४औं स्थानमा रहेको बाजुरा जिल्ला  भौगोलिक हिसावले राजधानीबाट दुर्गम तथा विकासका हिसाबले पछि परेको हिमाली जिल्ला हो । समुन्द्र सतहबाट ७२६ मिटर देखि ७०३६ मिटरको उचाइसम्म अबस्थित बाजुरालाइ सुदुरपश्मिको भौगोलिक विविधताको जिल्लाका रुपमा चिनिन्छ । ४ वटा नगरपालिका र ५ ओटा गाँउपालिकाको स्थानिय संरचना भएको बाजुरा जिल्ला २१८८ बर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ । भने १लाख ३५हजार भन्दा बढी जनस्ंख्या रहेको छ।

पर्यटन

समृद्धिका प्रसस्त सम्भावना भएको बाजुरा जिल्ला धार्मीक ऐतिहाँसिक तथा प्राकृतिक पर्यटकिय स्थल तथा सम्पदाले भरिपूण छ। पश्चिम नेपालको प्रमुख धार्मीक तथा प्राकृतिक पर्यटकिय स्थल बडिमालिकाले नै पर्यटन क्षेत्रका सभावनाका हिसाबले बाजुरा जिल्लाको शिर उच्च बनाएकाे छ भने बुढिनन्दा ताल तथा पाटन विश्वकै अग्लो स्थानमा रहेको सुनन्दा ताल ,खप्तड राष्ट्रिय निकुञज ,छेडे दह,नाटेश्वरी ज्यूलेखी मष्टा ,पादुका त्रिवेणी ,बार्जुकोटलगायतका धार्मीक ,ऐतिहासिक महत्वका पर्यटकिय स्थल पनि पर्यटन क्षेत्रमा सम्भावनाको रुपमा रहेका छन्। उल्लेखित विभिन्न पर्यटकिय स्थलहरुको प्रवद्र्धन तथा संरक्षण हुन सकेमा पर्यटन क्षेत्रमाफत् बाजुरालाइ समृद्ध एवम् सबल जिल्लाको रुपमा विकास गर्न सकिन्छ ।

कृषि तथा जडिवुटी

अधिकांस हिमाली भू–भाग रहेको बाजुरामा तराइृ, पहाड, हिमालमा उत्पादन हुने सबै अन्न बाली फलफुल तरकारी खेती गर्न सकिन्छ धान, गहु, काेदाे, मकै, याँहाका मुख्य बालीका रूपमा खेती गरीन्छ। भने फलफुल बिभिन्न किसिमका पाइन्छन् जस्तै स्याउ ,सुन्तला ,अारू, अादि याँहाका मुख्य फलफुल हुन ।अन्य फलफुलमा, अाप, अनार,अंगुर,पनि भेटाउन सकिन्छ ।उच्च पहाडी जिल्ला भएता पनी त्याँहाकाे हावापानी कतै गर्मी त कतै जाडाे माैंसम पाइने गर्दछ । सबै खालकाे बनस्पती हुकीर्ने बातावरण छ । चिसाेमा पाइने    स्याउ, सिमी ,फाफपर ,आलु लगायतका खेति तथा व्यवसायका सम्भावनाहरु रहेका छन् । जैतुनको व्यवसायिक खेतिका हिसाबले पनि बाजुरा नेपालकै मुख्य ठाँउ हो । सरकारी तवरबाट र स्थानिय स्तरमा जनताले पनि यसको व्यवसायिक खेतिका थप भूमिका खेल्न र जागरुक हुन सके बाजुराको समृद्धिको भविष्य टाढा नरहेको स्पष्ट छ । प्रकृतिको अनुपम उपहार खप्तड क्षेत्र,बडिमालिका लगायतका क्षेत्रमा पाइने बहुमूल्य जडिवुटीहरुको व्यवस्थित संकलन तथा सम्वद्र्धन हुन सके पनि बाजुरा र बाजुरेली जनताको जिवनस्तर उकास्न सहज हुने देखिन्छ ।

जलस्रोत

बाह्रै महिना बगिरहने पर्याप्त खोलानाला भएको  बाजुरामा जलउर्जा क्षेत्रका पनि प्रसस्तै सम्भावना रहेका छन् । बुढीगगा , कवाडि खोला ,मालागाड , जुड्डी गाड, कुण्डाली गाड लगायतका नदिनालाहरुमा कम लगानीमा धेरै बिद्युत् उत्पादन गर्न सकिन्छ । यी मध्ये बुढीगंगा र कवाडी खोलामा विगत केहि बर्ष देखि
विस्तृत अध्यायन कार्य भैरहेको छ ।भने ३०० किलोवटको माला गाड र २०० किलोवाटको जुडी खोला साना जलविद्युत आयोजना केहि समय अगिमात्र  सम्पन्न भइसकेका छन्। बाँकीलाइ सरकारीस्तरबाट लगानी भइ आयोजना अगाडी बढाउन सके त झन बाजुराको रुप नै परिवर्तन गर्न सकिन्छ ।ग्रामिण विकासको मूल आधारको रुपमा रहेको विद्युतिकरणमा साना आयोजनाको ठूलो भूमिका हुने देखिन्छ ।

ग्रामिण सडक विस्तार

नेपालका अन्य हिमाली जिल्लाको तुलनामा सडक पहँचमा निक्कै पछि रहेको बाजुरा जिल्लाको  सदरमुकाम सम्म  कालोपत्रे भएकाे छ।   सडक बिस्तार पूर्वि बाजुराको समृद्धिमा महत्वपूण भुमिका खेल्ने देखिन्छ तर अहिले सम्म यातायात राम्राे सँग सञ्चालन हुन नसक्दा बाजुरा जिल्लाकाे पूर्वी क्षेत्रका जनताकाे जीवन स्तर अझै जस्ताकाे तेस्तै छ  ।

अन्य केहि 

दशकौ देखि हालसम्म पनि कसैको नजरमा नरहेको साविककाे, दहकोट गा.वि.स.,र अहिलेकाे गाैंमुल गाँउपालिका मा,अवस्थित फलाम खानि त्यस्तै साविककाे  गोत्री, गा.वि.स.,अहिलेकाे जगतनाथ गाँउपालिका मा अवस्थित तामाखानिको थप खोज अनुसन्धानका साथै व्यवस्थित उत्खनन् हुन सके बाजुराको सम्पन्नतामा थप बल पुग्ने देखिन्छ । विगत देखि हालसम्म पनि फलामखानीलाइ पहिरोकै रुपमा हेरिएको छ । कच्चा फलामबाट हालसम्म पनि स्थानियस्तरमा बन्चरो, कोदालो ,ओदान,कराइ लगायतका भाँडाकुडा बनाउने र बिक्रि गर्ने गरिन्छ । नेपाल सरकारको सम्बन्धित निकायले पनि यो खानिको उचित अनुसन्धान तथा उत्खनन् गर्न जरुरी छ । र यसले जनतालाइ सप्पन्न बनाउने गरि निति तथा विधि बनाउन जरुरी छ ।

निष्कर्ष

विकास र सम्पन्नताका हिसावले बाजुराका सम्पूर्ण गाँउहरु पिछडिएका छैनन्। बजुराको पूश्चिमी क्षेत्रका केहि गाँउहरु पिछडिएका छन। यी गाँउको विकासका नाममा बाजुरामा विभिन्न सरकारी तथा गैरसरकारी निकायको खोटपूण एवम् दुहुनु गाईको व्यवहार पनि दोषि छ । विकास र सचेतनाका हिसावले पछि परेका गाँउका जनतालाई दिगो रुपमा जिवीकोर्पाजन सुधारका उपाय नसिकाउने ,आत्मनिर्भर हुने सिप र प्रविधीको विकासमा नसघाउने तर परनिर्भर बनाउने शैली यहाँका सरकारी तथा गैरसरकारी निकायका कार्यक्रम सिकाउ  छन्। चुनौति र व्यवधानका बाबजुद बाजुराका जनताहरु आफै जागरुप बन्ने हो भने गाँउको विकासमा अाफै अग्रसर बन्ने हो भने ।गलत कुराको खबरदारी साँचो कुरालाइ आत्मसाथ गर्नसके निकट भविष्यमै समृद्ध बाजुरा र सम्पन बाजुरेली असम्भव छैन ।