पढ्नुहोस १०१ चर्चित उखानटुक्काहरु पेट मिची मिची हाँस्न चाहानुहुन्छ भने

काठमाडाै। नेपाली समाजमा नेपाली भाषाको बिकाश संगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्का को प्रयोग गर्दा आफुले ब्यक्त गर्न खोजेको कुरामा अरु गहनता थप्न सकिन्छ । साथै संबाद लाइ रमाइलो बनाउनको लागि पनि उखान टुक्काले बेजोड भूमिका खेल्न सक्दछ ।

 

तर पछिल्लो पुस्ताको बिकाश संगै पुराना उखान टुक्का हरुको प्रयोग घट्दै गएको महसुस हुन थालेको छ । हाम्रा बाजे बराजुका पाला देखिनै सिर्जना भएका यस्ता उखान टुक्का हरु अहिले पनि निकै सान्दर्भिक लाग्ने गर्दछ ।

 

पछिल्लो समयमा कम प्रयोग हुदै आएका तर निकै नै अर्थ पूर्ण १०१ नेपाली उखान टुक्का हरु आज हामीले यहाँ समाबेस गरेको छौ ।

रमाइला १०१ नेपाली उखान टुक्का

१. हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला १

२. हत्केलामा तोरी उम्रदैन १

३.हिराको मोल किराले जान्दैन १

४. हेर्दाको राम्रो, दिन खानको चाम्रो १

५. हल्लिएको दाँत एकदिन फुक्लन्छ १

६. हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ १

७. हर्रो नपाउनेलाई जाईफल १

८. हँसियाको बिहेमा खुर्पाको गीत १

९. सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ १

१०. सिपाहिको काम छैन, जर्नेलको मान १

११. सालीको आशमा भिनाजुको बनिबास १

१२. सम्धीको निहुँले मलाई पनि घिउले १

१३. संगैका साथि सिँहदरबार माथी १

१४. संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी १

१५. सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी १

१६. सबै कुकुर काशी गए गु केले खाला १

१७. शिरमा टोपी छैन , खुट्टामा खोल १

१८० शुक्र उदाए, फर्सी कुदाए १

१९. शुरोको मु८८मा काँडाले कोर्दैन १

२०. बचनको चोट, मनको घाउ १

२१. बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन १

२२. बैरो हाँसे, पैरो चल्छ १

२३. लानेलाई भन्दा जानेलाई हतार १

२४. लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस १

२५. लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ १

२६.लजालु बुहारी, असनको डेरा १

२७० लक्का छोरोलाई के को धक्का १

२८.र८८डिको घरमा पोइको के खाँचो १

२९. राजाको घरमा नुन को दुस्ख १

३०.रावण मरेर लंका खाली हुँदैन १

३१.रात राम्रो जुनले, मान्छे राम्रो गुनले १

३२. रिसको झोकमा कसले बेद पढ्छ १

३३. युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन १

३४. मर्दको जुँगा सँग आगो पनि हच्किन्छ १

३५. मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो १

३६. माग्नेलाई तातो भात १

३७. माकुराको जाल झिंगाको काल १

३८. मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ १

३९. मरी जाने चोला, उडी जाने सास १

४०. भोको पेटलाई तातो खिर १

४१. भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो १

४२. भाउजुको देवर तन्नेरी १

४३.भरि गाग्रो छ्चल्किन्न १

४४. भाई भए भरोस, गाई भए गोरस १

४५. भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो १

४६. बँदेल जति मोटायो उति मु८८ साँगुरो १

४७. बालुवा निचरेर तेल आउदैन १

४८.पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग १

४९.पानीमा बसी गोही संग दुस्मनी १

५०. पाडो खानेले बाच्छो राख्दैन १

५१. नसो पस्यो, माया बस्यो १

५२. नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो १

५३. नठिनिको नाठो काख छउन्जेल आफ्नो १

५४. नबोल्नेको कोहि पनि बैरी हुदैन १

५५. धन कमाई धाक, साथी कमाई लाख १

५६. दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो १

५७. दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु १

५८.दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो १

५९. दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् १

६०. दमाइको लुगामा तुना छिनेको १

६१. दाजुको चिउरा, भाउजुको खटन १

६२. थैली बलियो भए साथीको के कमि १

६३. तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन १

६४. तिम्रो पोइ लोते लोते, कसले दियो पोते १

६५. तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु १

६६. तातोपानीले घर डढदैन १

६७.तिहारको ज्वाईं, श्राद्ध को सालो १

६८. तन्नेरीको साथमा तरुनीको नासो १

६९. तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला १

७०. ढिकीले स्वर्गमा पनि धानै कुट्छ १

७१.डाँकाले खाएको धन,आगोले खाएको बन १

७२. डरलाग्दा मान्छेका घिनलाग्दा कुरा १

७३. डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ १

७४. ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु १

७५. ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला १

७६. ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे १

७७. टुपी समाएर गालामा चड्कन १

७८. टोपी न सोपी,कपाल केले छोपी १

७९.टाढाको देउता, करेसाको भुत १

८०. झिङ्गो मारि धार्नी न बिसौली १

८१. झड्केलो छोराछोरी, खढ्कुलाको भात १

८२.जान्नु न सान्नु थुतुनो मात्रै तान्नु १

८३. जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन १

८४.जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना १

८५. जसकी आमा भान्छे, उसको छोरो भोकै १

८६. जति सुम्सुम्यायो उति ठाडो १

८७. जुन आस लाग्दो उही जेठाजु १

८८ छोरीको बैंस बाबुले होइन, अरुले देख्छ १

८९. छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ १

९०. छालो जाला तर कालो जादैन १

९१. छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने १

९२. चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ १

९३. चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन १

९४. चिनीको नाम जपेर मुख गुलियो हुदैन १

९५. चण्डाललाई रुद्राक्षको माला १

९६० घरमा छैन तेल, खान खोज्छ सेल १

९७. घर नखाएको छोरि, प्रदेश नखाएको छोरो १

९८. गिद्धको सामु कौवाको पखेटा १

९९.गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर १

१००. गधाको भारी नपुगी उठ्दैन १

१०१. गोठालोको बुद्धि भैसीको थुनमा १

माथि प्रस्तुत गरिएका नेपाली उखान टुक्का हरु तपाइलाई कस्तो लाग्यो रु तपाइलाई सबैभन्दा बढी कुन चाहिँ मनपर्यो, कमेन्ट बक्स मा लेख्नुहोला १ साथै तपाइलाई पनि येस्तै रमाइला उखान टुक्का हरु थाहा छन् भने पनि लेख्न नबिर्सनुहोला ।

भनिन्छ “सेयरिङ्ग इज केयरिङ्ग” , आफुले जानेको कुरा अरुलेपनि पढून भन्ने चाहनुहुन्छ भने तलको “शेयर” बटन को सदुपयोग तपाइले पक्कै गर्नुहुनेछ ।