अाज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, असोज २१ । आइतबार मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

 

नेपालले यस अघि म्यानमार र आयोजक मलेशियालाई हराएको थियो ।क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा सुरु हुनेछ ।

 

थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । नेपालले २ खेलबाट ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ ।नेपालले थाइल्याण्डपछि मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

 

छनोटबाट शीर्ष ३ टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।