सिके राउत पक्राउ, स्वतन्त्र मधेसको वकालत गर्दै आएका थिए

काठमाडौं असाेज २१। रौतहटबाट स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत पक्राउ परेका छन् । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत आफ्ना समर्थकसहित उपस्थित भएका थिए । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको हो ।
राउतलाई राज्य विरूद्को अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।