स्वतः स्थायीको माग गर्दै काठमाडौंमा राहत शिक्षकद्वारा प्रदर्शन


काठमाडौं असाेज २१।नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताए । उनले भने, “अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ ।”

 

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।

 

पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आइर्तबार राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

 

यसैक्रमा सहभागीहरुले आफूहरुमाथि सरकारले बिभेदपुर्ण ब्यबहार गरेकाले आन्दोलन गर्नुपरेको बताएका थिए । अझै पनि सरकारले आफुहरुको स्वत स्थायी गराइनुपर्ने माग सुनुवाई नगरे थप कडा आन्दोलन गर्न आफुहरु बाध्य हुने बताएका थिए ।