सांसद रामवीर मानन्धरको राजीनामा घोषणा, काठमाडौं क्षेत्र नं.७ मा वामदेवका लागि बाटो खुल्ला

काठमाडौं, असोज २३ । काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी  राजीनामाको घोषणा गरेका छन् ।

 

उनले पत्रकार सम्मेलन गर्दै पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले बामदेवको लागी राजीनामा दिएको बताएका छन् ।

 

उनले आफु सहज रुपमा देश विकास गर्न लागीपर्ने बताए । बर्दिया १ बाट पराजित नेता गौतमलाई अब काठमाडौं ७ बाट उठाउने तयारी नेकपाले गरेकाे हाे  ।