तपाईका लागि यस्तो छ आजको राशीफलआजमिति २०७५ साल असोज २४ गते बुधबार

मेषः– खेलकुदमा अभिरुची बढ्नेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । मुद्धा जितिनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । देश,देशान्तरका बन्ध व्यापारबाट आम्दानी राम्रै हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । गायन,कला सहित्यमा रुची बढ्नेछ ।

वृषः– रिस,डाहा गर्ने बढि हुनेछन् । गोप्य सूचना नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । ऋण घट्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पहिचान नभएका व्यक्तिसँग आर्थिक करोवार नगर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।

 थुनः– आफुमा भएको ज्ञान शिपको प्रयोग गर्न पछि नपर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो कामबाट अरुले फाइदा लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

कर्कटः– भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ । मनोरञ्जनात्मक काम बढि हुनेछन् । पारिवारिक जमघट बढ्नसक्छ ।

सिंहः– आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धन दिएर कोहि आपनो बन्नेछैन । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

कन्याः– कमाईमा भन्दा रमाईमा बढि ध्यान केन्द्रित हुनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।

तुलाः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग पाईनेछ ।

वृश्चिकः– उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा दिनका अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

धनुः– भाग्यले साथ दिनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा अग्रसरता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । सहयोगी मन भेटिने छन् ।

मकरः– समयको गतिसैग काममा सुधार आउनेछ । विवादित काममा हात नहाल्नु होला । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । सहि निर्णयको अभावमा पूर्ण लाभ लिन सकिने छैन ।

कुम्भः– धर्म कर्ममा ध्यान जानेछ । आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण धेरै काम अधुरा रहने छन् । गरेका काम आलोचित हुनेछन् । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मानसिक तनावमा कमि आउनेछ । पुण्य कमाउने काम हुनेछ ।

मिनः– दिन प्रतिकुल देखिन्छ । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । कर्म क्षेत्रमा वैरीको आगमन हुनसक्छ । आर्थिक कारोवारमा विचार पु¥याउनु होला । –पंडित सुराचार्य ।