शनिवार पनि बैङ्क तथा वित्तीय संस्था बन्द नगर्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौं, असोज २५ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई आगामी शनिवार पनि आफ्ना शाखा तथा काउण्टरका सबै कार्यालय सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

 

अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाले आगामी असोज २७ गते राजस्व बुझ्नको लागि अनिवार्य रुपमा बैङ्कका कार्यालय खोल्न अनुरोध गरेकाले राष्ट्र बैङ्कले यस्तो निर्देशन दिएको हो ।

 

कार्यालय खोलेर राजस्व बुझ्ने व्यवस्था गर्नुका साथै राजस्व जम्मा गर्ने र दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्क तथा वित्तीय संस्थासँगै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड समेत खुला गर्न निर्देशन दिईएको छ ।