आज मिति २०७५ साल,आश्विन २९गते सोमवारको राशिफल कस्ताे छ हेर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रेमीको सहयोग पाइनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु 

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 

पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । ज्यो.पं.नारायणप्रसाद दुलाल