वीरेन्द्र राजाको हत्या योजना तेस्रो पटक मात्र सफल भयकाे थियाे? जनकारीकाे लागि पुरा पढनुहाेस्

काठमाडाै।दरबारहत्याकाण्ड सम्बन्धी खोजको अन्वेषकहरुले भनेका छन् – ‘२०३६ सालको अन्त्यमा जनमत संग्रहको पनि अन्तिम तयारी भइरहेको थियो । एक जना सुरक्षा अधिकृतले राजालाई भेट्ने समय मिलाएका थिए । आइतबारको बिहान थियो । एउटा डर लाग्दो षडयन्त्रको रुपरेखा अगाडि नै कोरिएको थियो । मतलब ती सुरक्षा अधिकारीद्वारा राजा वीरेन्द्रको हत्या गराउने योजना थियो । ‘

 

यो आजसम्म सीमित अर्थात औंलामा गन्न सकिने व्यक्तिलाई मात्र थाहा भएको रहस्य हो, थाहा भएकाहरु पनि केहीको निधन भइसकेको छ । राज्याभिषेकको दिन विश्वका नेताहरुका सामू राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस भन्ने प्रस्ताव गरेका थिए । भर्खर सिक्किम कब्जा गरेको भारतका लागि नेपाललाई शान्तिक्षेत्र गराइयोस भन्ने प्रस्ताव अप्ठ्यारो परिस्थति थियो ।

 

इन्दिरा गान्धी हत्याकाण्ड मच्चाएर भएपनि नेपालको राजसंस्था ध्वस्त पार्ने र नेपाललाई दोस्रो सिक्किम बनाउने अभियानमा थिइन् । त्यसका लागि उनले ‘र’ का प्रमुख रामेश्वरनाथ कावलाई जिम्मेवारी दिएकी थिइन् । जसले सजिलै सिक्किम हत्याएका थिए –सुक्षम विश्लेषकहरु भन्छन् ।

 

खोजकर्ताहरु भन्छन – ‘ती सुरक्षा अधिकारीको मातहतमा उनले आदेश दिँदा मान्ने केही हजार सुरक्षाकर्मी थिए । ‘र’ ले उनलाई राजा वीरेन्द्रसंग भेट हुनासाथ गोली ठोक्नु , यदि दरबारका फौजले प्रतिकार गरे आफ्ना फौज भिडाउनु, आफू हार्छु जस्तो भएमा तुरुन्त भागेर त्रिभुवन विमानस्थल आइपुग्नु , हामी उद्धार गर्छौ भनेको थियो । त्यस मिसनको लागि ‘र’ का कमाण्डोहरुलाई विमानस्थलमा भारतीय वायुसेनाका दुईवटा हेलिकप्टरका साथ तैनाथ गराइएको थियो ।’

 

यो योजना यसरी शुक्ष्म ढंगले बनाइएको थियो कि ती सुरक्षा अधिकृतले राजा वीरेन्द्रको हत्या गरेको खण्डमा उनलाई नेपालको राष्ट्रपति बनाउन भारतले सहयोग गर्ने, राजा मारेर भाग्नै पर्ने स्थिति आएमा भारतले सम्मानित नागरिकको रुपमा कुनै एक राज्यमा गर्भनर पद दिन मञ्जुरी जनाएको थियो ।

 

तर, ती सुरक्षा अधिकृत दरबारमा पुग्नु १५ मिनटमात्र अगाडि चिनियाँ दुतावासले सम्पूर्ण षडयन्त्रका बारेमा राजा वीरेन्द्रलाई सूचित गरायो । चिनियाँ गुप्तचर संस्था गुयानबुले कुनै ट्रान्समिटरबाट भइरहेको संवादलाई आफ्नो रिसिभरद्धारा सुनेको कारण त्यसलाई विश्लेषण गरी दरबारलाई सूचित गरेको खोजकर्ताहरु उल्लेख गर्छन् । सूचना पाउनासाथ दरबारले उक्त षडयन्त्रलाई निस्क्रिय पार्ने रणनीति बनाइ हाल्यो ।

 

ती सुरक्षा अधिकारी भारतीय रणनीति अनुसार व्यवस्थित भएर दरबार के छिरेका मात्रै थिए , गेट पार गर्नासाथ पक्राउ परिहाले । उनलाई गोर्खे लौरी लगाएर पोखरास्थित फूलबारी ब्यारेकको सैनिक हिरासतमा राखेर कैद गरियो । दरबारले यो षडयन्त्रलाई बहिर ल्याएन, किनकी भारतले उल्टै जोरी खोजेर नाकाबन्दी गर्न सक्थ्यो । अर्कोतर्फ त्यसबेला शीतयुद्ध चरम उत्कर्षमा पुगेको र अमेरिकीभन्दा सोभियत प्रभाव विश्वमा बढी थियो । भारत र सोभियत संघको सैनिक सम्बन्ध भएको कारण भारतले सोभियत आडमा प्रत्यक्ष हस्तक्षेप पनि गर्न सक्थ्यो । इन्दिरा गान्धी आफैले सोभियत संघसंग २० वर्षे सामरिक सम्झौता गरेकी थिइन् । अर्कातर्फ भने नेपाललाई धेरै राष्ट्रहरुले शान्तिक्षेत्र भनी स्वीकृति जनाएपनि भारतले जनाएको थिएन । सुरुमा सोभियत संघले शान्तिक्षेत्र प्रस्तावमा समर्थन जनाएको थियो । तर, भारतको आग्रहमा तत्कालै फिर्ता लिएको थियो ।

 

ती सुरक्षा अधिकृतलाई फूलबारी ब्यारेकमा एक वर्ष राखेपछि चिनियाँ सल्लाहमा उनलाई उल्टै चीनमा राजदूत बनाएर पठाइयो । चिनियाँहरुले उसको ‘ब्रेनवास’ गरिदिने भनेका थिए र पछाडि गरिदिए पनि । यो घटनापछि दरबारले सुरक्षा घेरामा वृद्धि गरायो । खासगरी भारत नेपालमा राजसंस्था होउन्जेल आफ्नो लगाम सिंहदरबारमा नलाग्ने विश्लेषणमा थियो । त्यसैले ऊ जसरी भएपनि दरबारमा बितण्डा मच्चाउन चाहन्थ्यो ।

 

‘रअ’ राजा वीरेन्द्रको हत्या गर्ने अभियानमा त्यतिकै चूप लागेर बसेन । उसले अर्को चाल चल्यो । यहाँ आज पनि धेरै जना २०४२ सालको बमकाण्डलाई रामराजाप्रसाद सिंहको जनवादी मोर्चाको क्रान्तिकारी कदम मान्छन् । तर , त्यो होइन , ‘रअ’ को खुराफाती प्लान मात्र हो ।

 

शुक्ष्म अन्वेषकहरु भन्छन् – ‘२०३६ सालमा राजा वीरेन्द्रको हत्या गर्ने अभियानमा ‘रअ’ चुकेपछि उसले प्रचारनीतिद्वारा दरबारमा गुटबन्दी गराउने योजना लागू गर्न थाल्यो । जनताको दृष्टिमा पनि दुई खालका गुट देखाउने अभियान चलायो । ‘खासगरी नेपाललाई आफूमा निर्भर हुन बाध्य पार्ने नियतले ‘रअ’ ले राजाका भाइहरु लागूऔषध र पुरातात्विक महत्वका वस्तुहरुको तस्करी गर्छन् भन्ने हल्ला नेपालीमार्फत नै चलाउन लगायो ।’ हुनपनि काठमाडौंबाट मूर्ति हराइरहेका थिए । ती मूर्तिको तस्करी गर्ने गिरोहका बारेमा ‘रअ’ लाई थाहा थियो वा उसैले उक्साउँथ्यो । तर हल्ला चाहिं दरबारतिर मोडिदिन्थ्यो।

 

अर्कोतर्फ सोझा र भलादमी भनेर नेपाली समाजमा छवि बनाएका राजा वीरेन्द्रप्रति नेपाली जनताको श्रद्धा शून्यतिर जाओस भन्ने योजना अनुसार ‘रअ’ ले पम्फादेवीको नयाँ नाटक मञ्चन गरायो । मन्द रुपमा २०४२ सालदेखि नै रानी ऐश्वर्यले पम्फादेवीको नाममा स्वीटजरल्याण्डका बैंकहरुमा अर्बौ रकम राखेको प्रचार गर्न थालेको थियो भने राजा वीरेन्द्रका भाइहरुलाई पुरै तस्करका रुपमा चित्रित गराई रहेको थियो । आलाकाँचा विद्यार्थी नेताहरु जो व्यवस्थाका विरोधी थिए , उनीहरुलाई यस्ता कुराले प्रभावित पार्ने भइहाल्यो । तर यसको मुख्य कारण थियो ‘रिमोट कन्ट्रोल बम’ द्वारा राजा वीरेन्द्रलाई उडाउने र काठमाडौंमा विद्रोह भड्काउने ।

 

यहाँ एउटा प्रश्न आजपनि मननीय छ , अहिले पनि रामराजाले क्रान्तिको लागि बमकाण्ड गरेको भनिन्छ । ती बम उनलाई कसले दियो रु ती अत्याधुनिक बम ‘रअ’ ले उपलब्ध गराएको थियो । दरबारको ढोका छेउको गमलामा राखिएको ‘रिमोट कन्ट्रोल बम’ राजा वीरेन्द्रमाथि लक्षित थियो । तत्कालीन राष्ट्रिय पञ्चायत अगाडि राखिएको बम चाहिं पञ्चहरु एकआपसमा भिडुन भन्ने नियतले राखिएको विश्लेषण त्यसबेलै गरिएको थियो ।

 

२०४२ सालको बमकाण्ड योजना तुहिएपछि ‘रअ’ अरु खतरनाक अभियानमा लाग्यो । उसले राजा वीरेन्द्रलाई उडाउनुभन्दा अगाडि एकतन्त्रीय पञ्चायती व्यवस्था फालिदिने । दरबारलाई राजनीतिक रुपमा कमजोर पार्ने र कुनै मौका आउनासाथ दरबारसंगै ध्वस्त पारेर ९राज खानदान उडाएर० नेपाललाई आफू मातहतमा राख्ने योजना बनायो । अध्येताहरुका अनुसार आमा इन्दिरा गान्धीको योजनालाई पूर्णता दिन छोरा राजीव गान्धीले सत्तामा आएपछि ‘रअ’ लाई पूर्ण अधिकार दिएका थिए । तर, ‘रअ’ को यो रणनीति कुनै वैदेशिक गुप्तचर स्रोतबाट राजा वीरेन्द्र सामु पुगिहाल्यो।