काठमाडौंलाई हराउँदै पोखरा दोस्रो चरणमा

पोखरा, कात्तिक १७ । घरेलु टोली पोखरा पल्टन सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

शनिबार भएको लिगको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएर शरद भेषवाकरको पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो ।

 

पोखरा रंगशालामा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले मात्र ६ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे ।

 

त्यस्तै पवन सरार्फले १२ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै मोहमद नाभिद र राशिद खानले २र२ विकेट लिए । जितसंगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ । र, शीर्ष तिनमा रहदै पोखराले शीर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको पनि ५ खेलबाट ६ अंक छ । काठमाडौं पनि प्ले अफमा पुगेको छ ।