प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख – नेता केसी


काठमाडौं कार्तिक ३०। प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले आरोप लगाएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको छ।

 

शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भने,‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ।’

 

उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए । केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो तरु वृद्धभत्ताको कुरा उठाउँदा उठाउँदै म त थाकिसकें । सत्तामा आउनुभन्दा पहिले ओलीजी र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो ।

 

तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त रु बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो रु वाईडबडीको विवाद त्यस्तै छ । साँढे ३३ केजी सुन कहाँ छ रु यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ रु राख्नुपर्ने कारण के हो रु’ केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरि काम गर्न केले रोक्यो भनेर प्रश्न गरे । त्यस्तै सिण्डिकेटको अन्त्य गरेको भनेर सरकारले भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ ।