के कारणले मानिसमा लाग्ने गर्छ ? पाइल्स कस्तो खाले रोग हो ? समस्या,लक्षण देखी सामाधानका घरेलु उपाए बारे जानकारी लिनुहोस

काठमाडाै।बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरॉइड्सको नामले जानिन्छ । यसमा गुदामार्ग ९ऐनस० को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय रेक्टम को तल्लो भागको शिरा ९वेन०हरु सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।

 

यो मस्सा कहिले भित्र रहन्छ भने कहिलै बाहिर पनि निस्किन्छ । करीब ७०५ प्रतिशत मानिसहरु आफ्नो जीवनमा कुनै न कुनै बेला पाईल्सको समस्याबाट गुज्रिन्छन् ।

 

उमेर बढ्नुको साथै पाईल्सको समस्या पनि बढ्न सक्छ । यदि परिवारमा कसैलाई यो समस्या रहेको छ भने, अन्य सदस्यलाई पनि हुने संभावना बढि हुन्छ । मानिसको जीवनशैलीसँग जोडिएको यो रोग आनुवांशिक समस्या पनि हो । धेरै जसो व्यक्तिहरु प्रायस् गरी मलद्वारसँग सम्बन्धित रोगहरुलाई बाबासिर या पाईल्स नै हो भनेर सम्झिन्छन् । तर मलद्वारका अरु कयौं रोगहरु पनि हुनसक्छन्, जसलाई तपाई पाइल्स सम्झिरहनु भएको छ भने त्यो पाईल्स नभएर फिशर पनि हुन सक्छ । वार्टस ९मुसा० मस्साको रुपमा मलद्वार वरिपरि हुन सक्छ ।

फिशर 

कहिले काही एनल कैनालको वरिपरिको क्षेत्रमा चिरिएको ९क्रेक० जस्तो स्थिति बन्न जान्छ । जसलाई फिशर भनिन्छ । यो दरार सानो पनि हुन सक्छ र ठुलो पनि । यसबाट पनि दिशा गरे पश्चात रगत आउँछ ।

लक्षण

(एनसको वरिपरि कडा किसिम गाँठो जस्तो महशुस हुन सक्छ । यसमा रगत जमेको हुनसक्छ । जसले गर्दा एनस धेरै दुख्ने हुन्छ । दिशा गरिसकेपछि पनि यस्तो महशुस हुन्छ कि पेटसफा भएन । मल त्याग गर्ने बेला दर्द हुनु, सिन्कोले घोचेको जस्तो मलद्वारमा अनुभव हुनु । दिशा गर्ने बेला म्युकस ९आउँ० दिशामा देखिनु र दर्द महशुस हुनु । दिशा गर्ने बेला रगत आउनु । एनसको बरिपरि चिलाउनु, त्यो क्षेत्र रातो हुनु र सुन्निनु आदि ।

पाइल्सको प्रकार 

क. भित्रि पाइल्स ९यसमा रगत पनि आउँछ० स्
स्टेज १स् शुरुको स्थितिमा ऐनसको भित्रि भागमा सानो गाँठो जस्तो सुन्निएको हुन्छ । प्राय, गरी यो देखिदैन पनि । यसमा कुनै प्रकारको दर्दपनि हुँदैन । दिशा गर्ने बेलामा रगत आउँछ भन्ने कुरा बिरामीले भन्छ ।

स्टेज २स् यस अवस्थामा पहिलाको भन्दा भित्रि भाग बढि सुन्निएको हुन्छ । दिशा गर्ने बेला जोर गर्दा रगत आउनुको साथै मस्सा ९डल्लो० जस्तो पनि बाहिर आउछ । तर औलाले ठेल्दा सजिलैसित भित्र जाने हुन्छ ।

स्टेज ३स् यो अवस्थामा पाइल्सको स्थिति बढो गम्भिर हुन्छ । यसमा सुन्निएको भाग या मस्सा ९डल्लो० बाहिर तिर झुन्डि रहन्छ । औंलाको सहायताले पनि यस ९डल्लो० लाई भित्र पठाउन सकिंदैन । यि मस्सा ठुला आकारका हुन्छन् र सधै बाहिरतिर निस्केको हुन्छ । ईन्टरनल पाइल्सलाई नै रक्तस्राबी बाबासिर भनिन्छ । दोस्रो या तेस्रो स्टेजको पाइल्समा दिशा गरिसके पछि कुनै पनि प्रकारको तेल लगाएर मस्सालाई भित्र ठेलदिनु पर्दछ । बाहिर रहयो भने ईनफेक्सन हुने डर रहन्छ ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

 

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

 

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

 

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।

 

त्यस्तै घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ।

काँचो केरा उसिनेर बिहान,बेलुका खाँदा पनि फाइदा मिल्छ ।

ख. बाहरी( एक्सट्रनल पाईल्समा प्रायस् दिशा गर्दा रगत आउँदैन ।

यसलाई मेडिकल भाषामा पेरिएनल हेमाटोमा भनिन्छ । यो हेर्दा सा(सानो गाँठो या सुन्निएको जस्तो हुन्छ । यो एनस को बाहिरी सतहमा रहन्छ । यो अत्याधिक चिलाउने हुन्छ । यदि यसमा रगत जम्मा भयो भने दर्द हुन्छ र तुरुन्तै उपचारको आवश्यकता हुन्छ ।

 

कारण स् पुरानो कब्जियत हुनु र मल त्याग गर्दा बढी जोर लगाउनु । गुदा मैथुन गर्नु । लगातार र बारम्बार पखाला लाग्नु । लगातार वजनदार चिज उठाउनु । मोटोपना । निष्क्रिय जीवन शैली । गर्भावस्थामा पनि धेरेजसो महिलाहरुमा पाईल्सको समस्या हुन्छ ।

सल्लाहरसुझाव 

कब्जियत पाईल्स हुनुको प्रमुख कारण हो । यसबाट बच्नको लागि भरपुर मात्रामा हरियो रेशादार सागसब्जीहरु खानु पर्दछ । सिजन अनुसारको फलफुल खाने र प्रशस्त मात्रामा पानी पिउने । यसबाट दिशा साफ्ट हुन्छ कन्नु पर्दैन । सॉफ्ट र मोयाईश्चर युक्त ट्वाइलेट पेपरको प्रयोग गर्ने । खुकुलो अन्डरबेयर लगाउने । टाइट अण्डरवेयरको कारणले पाइल्सको ९डल्लो० मा घर्षण हुन सक्छ जसले गर्दा बिरामीलाई अप्ठायारो हुनसक्छ ।

 

पाइल्सको बिरामीलाई मल त्याग गरेपछि पनि यस्तो अनुभव हुन्छ कि अझ दिशा आउला कि । यसको लागि जोरले कन्ने गर्दछन् । यो विरामीका लागि घाट्टक हुनसक्छ । दिशा अझ आउने सेन्सेशन बिरामीलाई पाईल्स ९मस्सा० को कारणले हुन्छ । बास्तवमा पेट सफा भईसकेको हुन्छ । अत, बल नगर्ने । कोशिस गर्ने कि पाँचरसात मिनेटको भित्र फाईरिगं भएर बाहिर निस्किने । दिशा आए या नआए पनि एक निश्चित समयमा ट्वाइलेट जाने बानी बसाल्ने । ट्वाइलेटमा बसेर मोबाईलमा गीत सुन्ने, गेम खेल्ने, पेपर या कुनै किताब पढ्ने कार्य गर्नु हुदैन ।

जटिलता  

पाईल्सको प्रारम्भिक चरणमा यसको उपचार गर्न आवश्यक छ । अन्यथा यो गम्भिर समस्यामा बदलिन सक्छ । यदि पाईल्सको उपचार गरिएन भने रेक्टल अल्सररक्यान्सर पनि हुनसक्छ ।

 

खानपानस् के नखाने – ननभेज, मसालादार खाना, केक, पेस्ट्री र मैदाबाट बनेको खानेकुराहरु नखाने । जंकफुड, तैलीय र बोसोयुक्त खाना नखाने । चिया, कफि, अल्कोहल र बियर नपिउने । के खाने – मेवा, चिकु, अंजिर, केरा, नासपाति, अंगुर, स्याउ जस्ता फलफुलहरु खाने । सलादमा गाजर, मुला खाने । हरियो साग सब्जिहरु बढि खाने । चोकर समेतको पिठोको रोटी, मल्टिग्रेन ब्रेड खाने । दिनमा कमसे कम बाह्र गिलास पानी पिउने ।

 

होमियोप्याथिक उपचार स् होमीयोप्याथी मा पाइल्सरफिशरको उपचारको लागि राम्रो प्रभावकारी औषधिहरु छन् । होमीयोप्याथीको मान्यता अनुसार पाइल्सका दश प्रतिशत केशेजहरुमा मात्र सर्जरीको आवश्यकता पर्दछ । नब्बे प्रतिशत केशेजमा औषधिद्वारा नै ठिक गर्न सकिन्छ ।

 

रोगिको मानसिक एवं शारीरिक लक्षण अनुसार यस रोगमा प्रयोग गरिने केहि होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । नन(ब्लिडिंग पाइल्समा एंटिम क्रूड, एसकुलस, एलोज, नक्स वोमिका, सल्फर प्रयोग गर्न सकिन्छ । पाइल्सबाट रगत आउछ भने हैमेमेलिस, मिलेफोलियम, फॉस्फोरसको प्रयोग गर्न सकिन्छ । पाइल्समा दर्द ज्यादै छ भने रैटेहनिया, पियोनियाको प्रयोग गर्न सकिन्छ । प्रेग्नेन्सीमा यदि पाइल्स छ भने कोलिन सोनिया, पल्सैटिला, सीपिया प्रयोग गर्नु पर्छ ।

उपरोक्त होमियोप्याथिक औषधीहरुको प्रयोग आफ्नो नजिकको योग्य तथा अनुभवी चिकित्सकसंग परामर्श लिएर मात्र सेवन गर्नु या गराउनु उचित हुन्छ ।