वर्तमान सरकारको नियतसँगै क्षमतामाथि पनि प्रश्न उठेको टिप्पणी : गगन थापा

  काठमाडौं ,मंसिर ३। नेपाली कांग्रेका नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी र जिम्मेवार नबनेको बताएका हुन् ।

‘संविधानको आत्मा भनेको लोकतान्त्रिक मूल्य मान्यता हो । बाँकी त संरचना हो’ उनले भने, ‘त्यो लोकतान्त्र कार्यान्वयनको सन्दर्भमा संविधानको आधारमा भएको चुनावमा सबैभन्दा बढी शक्ति लिएर आएको शक्ति, जसले सरकार चलाएको छ, उसको नियतमाथि प्रश्न उठिरहेको छ । प्रश्न नियतको मात्र छैन, क्षमताको पनि छ ।’

 

संविधान कार्यान्वयनमा कांग्रेसले सहयोग गरेको तर, सरकारमाथि संघीयताको व्यवस्थापन गर्न सक्छ कि सक्दैन रु लोकतान्त्रिकलाई थप समावेशी बनाएर लैजान्छ कि लैजाँदैन भन्ने प्रश्न उठेको थापाले बताए ।

 

दुई तिहाईको सरकार बनेपनि डेलिभरी नहुँदा जनतामा निराशा छाएको भन्दै कांग्रेस नेता थापाले भने, सरकारको नियतमाथि पनि प्रश्न छ, क्षमतामाथि पनि प्रश्न छ ।’
चुनाव हारेको र संसदमा शक्ति क्षिण भएको स्वीकार गरेका थापाले कांग्रेसले संविधान कार्यान्वयनमा अगुवाई गर्नुपर्ने बताए ।

 

पार्टीको राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘संविधान कार्यान्वयनमा हामीले गर्ने हो भन्ने स्थापित गर्नुपर्छ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे ।

 

संविधानको स्वामित्व लिन कांग्रेस अलमलिएको भन्दै सांसद थापाले भने, कतै यो विषय हाम्रो होइन कि रु अरुले पो ल्याएको हो कि तानिएर पो गएको हो कि रु यसबारे महासमितिले स्पष्ट मार्गनिर्देश गर्नुपर्छ ।’

सरकारका सन्दर्भमा कांग्रेस प्रतिपक्षी भएपनि संविधान कार्यान्वयनमा कांग्रेस नै नेता हो, कांग्रेस नै सत्ता हो भन्ने देखाउनु पर्ने उनले बताए ।

अनलानखबरबाट