कम्निष्टका भिआईपी नेता केटी देखे हुरुकै

काठमाडौं मङ्सिर ४  बालुवाटारमा साना तिना काण्डलाई नजरअन्दाज गर्ने चलन छ । त्यहाँमाथि चुनाव जितेर मन्त्री समेत भइसकेको व्यक्तिका एकाध हल्लालाई प्रधानमन्त्री केपी शर्मा ओलीले किन सुन्थे र ।राजनीतिमा मिहेनत गरेको मान्छेको पद त्यसै खाने रहर उनलाई पनि कहाँ थियो र तर त्यसो भएन । एउटा अडियो सुनेपछि उनले एक झड्कामा उडाइदिए ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रीसहित नेपाल कम्युनिस्ट पार्टीका नेता दिर्घबहादुर सोडारीको पद ।

 

केटी भनेपछि मरिहत्ते गर्ने सोडारीको राजनीतिक जीवन त्यहि काण्डले सिध्याएको छ । काठमाडौं उत्रिनासाथ जलपरी हेर्न जानै पर्ने, डान्स र डिस्को छिर्नै पर्ने आदलते मन्त्री पद नै चैट भएको हो ।धनगडी मिलनचोककी एक महिलासँग प्रेममा रहेको पनि खुलासा भयो । ति महिलासँग बारम्बार फोनमा अश्लील कुराकानी गरेको टेप नै ओलीको कानमा पुग्यो ।

 

मन्त्री भएपछि भने ति महिलासँग उनको सम्बन्ध केही खुकुलो हुन थालेपछि जीवन भुलेर गरेको रासलिलाका केही थान संवादसहितका प्रमाण र तस्बिर प्रधानमन्त्री ओलीले सुनेपछि रन्थनिएका थिए । रिसले चुर भएका ओलीले नेता भीम रावललाई बोलाएर तुरुन्तै हटाउनका लागि निर्देशन दिए ।

 

रावलले यस्ता प्रमाण देखेपछि सिधै मन्त्री र जिम्मेबारीबाट ‘फायर’ गरिदिए । प्रतिनिधि तथा प्रदेश सभाका क्रममा उनको उम्मेदवारी कैलाली–४ ‘क’ बाट उनको उम्मेदवारी थियो । सोडारीले १६ हजार १ सय ११ मत ल्याए । त्यसो त केही बर्षअघि काठमाडौंमा एक महिलासँग उनको प्रेम पनि चलेको थियो । उनकी श्रीमती एवं अखिल नेपाल महिला संघकी जिल्ला नेत्री गीता सोडारीले त्यो अनैतिक प्रेमबाट उनलाई छुटाएकी थिइन् ।

 

आजभोली सोडारी केही महिनामा कारबाही फुकुवा हुने र पुनः मन्त्री हुने दाबी गर्दै हिँड्न थालेका छन् । उनलाई केही महिना चुप लागेर बस्नका लागि नेताहरूले नै सुझाव दिएको पनि बताइन्छ ।