पाकिस्तान सुपर लिग सन्दीप लामिछाने खेल्ने

काठमाडौं, मंसिर ४ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल मा आबद्ध भएका छन् । सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले भित्र्याएको हो ।

 

उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो । योसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, न्यूजिल्यान्डका कोरि एन्डर्सन छन् ।

 

आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन् ।

 

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी फ्रेन्चाइज लिगमा आवद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भएपनि उनलाई कुनै पनि टिमले चासो देखाएको थिएन । सन्दीप हाल टी–१० लिग खेल्न यूएईमा छन् ।

सन्दीपले खेलिसकेका फेन्चाइज लिग

आइपिएल भारत, ग्लोबल टी–२० क्यानडा, सिपिएल वेस्ट ,इन्डिज, एपिएल ,अफगानिस्तान, पिपिएल ,नेपाल

सन्दीपले खेल्ने आगामी लिग

टी १० यूएई – नोभेम्बर २१ देखि डेसेम्बर २ सम्म – ३० हजार डलर

इपिएल नेपाल – डिसेम्बर ८ देखि २२ सम्म – कम्तिमा १ लाख ७५ हजार रुपैयाँ

पाकिस्तान सुपर लिग पिएसएल-१४ फेब्रुअरीदेखि १७ मार्च ५० हजार डलर

बिबिएल अस्ट्रेलिया – डिसेम्बर १९ देखि फ्रेब्रुअरी ४ सम्म – ६० हजार डलर

बिपिएल बंगलादेश– अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर

आइपिएल भारत– २३ मार्चदेखि अप्रिलसम्म तय हुन बाँकी – कम्तिमा ३२ लाख रुपैयाँ