एका एक बझाङ पुगे बिरामीको उपचार गर्न :डाक्टर केसी

बझाङ, मंसिर १३ । डाक्टर गोविन्द केसी बझाङको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा पुगेका छन् । मंगलबार दिउँसो डाक्टर केसी एकाएक देउलेख प्राथमिक स्वास्थ्य चौकीमा  पुगेका हुन् ।

 

बझाङको समग्र स्वास्थ्य अवस्था बुझ्नका लागि भन्दै डाक्टर गोविन्द केसी देउलेख प्राथमिक स्वास्थ्य चौकीमा  पुगेका हुन् । बुधबार र बिहीबार हाडजोर्नी तथा नसा रोग भएका बिरामीहरुका लागि दुई दिने क्याम्प समेत सञ्चालन गरिने देउलेख प्राथमिक स्वास्थ्य चौकीका प्रमुख सन्दीप ओखेडाले जानकारी दिए ।

 

डाक्टर केसी औषधिसहित निःशुल्क सेवा प्रदान गर्ने भन्दै देउलेख प्राथमिक स्वास्थ्य चौकीमा  पुगेभएकाे स्वास्थ चौकीले जानकारी दिएको छ ।अाज बुधबार बिहान ९ बजेदेखि क्याम्प सञ्चालन हुने उनको भनाइ छ ।

 

हाडजोर्नी र नसा सम्बन्धी कुनै रोग भए निःशुल्क रुपमा उपचार गराउन बझाङवासीहरुलाई उनले आग्रह गरेका छन् । देउखलमा उपचार नभए काठमाडौंको टिचिङमा लगेर निःशुल्क उपचार गराइदिने डाक्टर केसीले जानकारी दिए ।