नेपाल आइडलको ‘टप–५’ मा, पाए रविले सर्वाधिक भोट

काठमाडौं, मंसिर १५ । ‘नेपाल आइडल सिजन २’ अन्तर्गत एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलबाट सुदूरपश्चिमको धनगढी अडिसनबाट आइडलमा एक मात्र बाँकी रहेका रविले सर्वाधिक भोट प्राप्त गरे छन्।उनले कार्तिक ३० गते सर्वाजनिक गरिएको अंकमा पनि सर्वाधिक भोट पाएका थिए ।

 

  शुक्रबार पवन गिरि बाहिरिएका छन् । उनी दर्शकले दिएको भोटका आधारमाआइडलबाट बाहिरिएका हुन् ।यो सँगै नेपाल आइडलको ‘टप फाइभ’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक, अमित बराल र अस्मिता अधिकारी ‘टप फाइभ’ मा पुग्न सफल भएका छन् । 

आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ । नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन् ।