बुवालाई ’स्वर्गमा’ पठाएको पत्र सुरक्षित रुपमा पुग्यो भन्ने सन्देश थाहा पाउँदा सात वर्षीया बालक बने भावुक


एजेन्सी । “स्वर्गमा“ आफ्ना बुवालाई जन्मदिनको सन्देश चिठ्ठीमार्फत् पठाएका एकजना बालकले हुलाकबाट ’उक्त पत्र सुरक्षित रुपमा पुग्यो’ भन्ने जवाफ पाए। ’रोएल मेल’ नामक ब्रीटेनको हुलाक सेवाले उक्त पत्र पुगेको भनी जवाफसहितको पत्र ती बालकलाई पठाएको हो।

वेस्ट लोथियानका सात वर्षीया जेस हाइण्डमनले उनले पठाएको पत्रले निकै कठिन यात्रा पार गरेर बुवा जेम्ससम्म पुगेको भन्ने जवाफ पाए। उनकी आमा टेरी कोपल्याण्डले भनिन, “मैले भन्नै सक्दिनँ उ आफ्नो बुवाले त्यो सन्देश पाए भन्ने थाहा पाउँदा कति भावुक भयो भनेर। “रोएल मेलले मानवता छ भन्ने मेरो विश्वास पुर्स्थापित गरिदियो।“

 

जसले आफ्ना बुवालाई लेखेको पत्र “स्वर्गमा“ पुर्याउन गरेको अनुरोधमा रोएल मेलका शन मिलिगनले लेखेका छन “म तपाईँलाई सम्पर्क गर्ने यो अवसरमा हामीले कसरी तपाईँको स्वर्गमा रहेका बुवालाई पत्र पठाउन सफल भयौं भनेर बताउन चाहन्छु।“

 

“स्वर्ग पुग्ने बाटोमा आउने ताराहरू र अन्य आकाशगंगाका विभिन्न चीजहरूलाई पार गर्न यो कठिन चुनौती थियो,“ उक्त पत्रमा लेखिएको छ। निष्कर्षमा लेखिएको छ “म सुरक्षित रुपमा पत्रहरू स्वर्ग पुर्याएको आश्वस्त पार्नसक्ने सबै कुराहरू निरन्तर गर्नेछु।“ रोएल मेलले जेसलाई जवाफ पठाएको पत्रसम्बन्धी फेसबुक पोष्ट दुई लाख भन्दा बढी पटकसम्म शेयर गरिएको छ।

 

जेस र उनकी १० वर्षीया दिदी निभले आफ्नो बुवाको सन् २०१४ को मे महिनामा निधन भएयता सधैँ जन्मदिन मनाउने गरेका छन्। कोपल्याण्डले भनेकी छन् “उनिकै भावुक बन्यो र भनिरह्यो ’मेरो बुवाले साँच्चै मेरो पत्र पाउनुभयो आमा’‘ मैले जेस र निभलाई सधैँ भनेको छु तिमीहरूले कसैलाई उपहार दिन नपाए पनि क्रिस्मस र जन्मदिनमा सधैँ कार्डमार्फत् सन्देश पठाउनु निकै राम्रो हो।“

 

“म चाहन्छु मानिसहरूले महसुस गरून् की कसैको एउटा सानो दयालु कामले कसैको जीवनमा कति उत्कृष्ट असर पार्नसक्छ‘ रोएल मेलले त्यसमा भाग लियो र त्यसले मलाई निकै सहज बनाएको छ।“बीबीसी नेपाली