युवतीलाई अश्लिल फोटो पठाएको आरोपमा मिका सिंह पक्राउ

दुबई, मंसिर २१ । भारतीय गायक मिका सिंह संयूक्त अरब इमिरेट्स(युएई)मा पक्राउ परेका छन्। एक १७ वर्षिया ब्राजिलियन यूवतीलाई यौन उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेको भारतिय संचारमाध्यमले जनाएका छन् ।

 

मोडलसमेत रहेकी ती युवतीले मिकाले उनलाई अश्लिल फोटो पठाएको आरोप लगाएकी छिन्। बुर दुबईमा पक्राउ परेका मिकालाई त्यहाँको प्रहरीले युवतीले लगाएको आरोपका बारेमा सोधपुछ गरिरहेको बताइएको छ।

 

उनलाई त्यहाँको प्रहरीले स्थानिय समय अनुसार विहान ३ बजे पक्राउ गरेको हो। मिका एक बलिउड कार्यक्रमका लागि दुबई पुगेका थिए ।एजेन्सी