आज मिति २०७५ साल मंसिर २५ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको कमजोरी सार्वजनिक हुनाले कामको वातावरण बिथोलिन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुन सक्छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। कर्मयोगद्वारा जीवनशैलीमा सुधार ल्याउन सफल भइनेछ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

दाैडधुपमै समय बित्नेछ भने आँटेको काम समयमा पूरा गर्न नसकिएला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले मात्र समस्या सुल्झाउन सकिनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा उत्साह जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मनग्गे अर्थ लाभ हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाबाट नयाँ कामको अवसर प्राप्त हुनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला। प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। चिताएका काममा केही बाधा भए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यवसायमा धनलाभ हुनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काम बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले मात्र साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। आस मारेको नतिजा समेत सकारात्मक हुने देखिन्छ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रारम्भमा आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त नहुन सक्छ। व्यावहारिक समस्या देखिए पनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अग्रजहरूको सहयोग प्राप्त हुनाले बिस्तारै काम सम्पादन हुनेछन्।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तकहरू टाढिनेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत राम्रो देखिए पनि सोखले तत्कालै खर्चनुपर्ने अवस्थासमेत आउन सक्छ। केही रकम सरसापटमा पनि बाहिरिन सक्छ। तापनि कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। धेरै मिहिनेत परे पनि आंशिक फल प्राप्त हुनेछ।

 

नेपाली पात्रोबाट साभार