ऋण जति नेपाललाई पैसा जति भारतमै

काठमाडौँ,मंसिर २८ ।सडकलगायत पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैबबाट निदे गरिएको ऋणमा अनेक सर्त राखिएका कारण न्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ ।

 

सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० डलर अझै खर्च हुन सकेको छैन ।त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलर ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ ।

 

पछिल्लो समयमा नेपादमा सिमेन्टलगायत अन्य निर्माण सामाग्री उत्पादन बढे पनि एक्जिमबाट लिइएको ऋणको रकम खर्चेर सडक आयोजनाले आफूखुशी स्वदेशी निर्माण सामाग्री खरिद गर्न पाउँदैनन् । अधिकारीहरु नेपालले किन यस्तो सर्त राखेर एक्जिमसँग ऋण लिने सम्झौता गरेको होला भनेर अचम्म लागको बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।