युनिभर्सल पिस फेडेरेसन’लाई प्रतिबन्ध लगाउनु पर्छ :गगन थापा

काठमाडौं,  मंसिर २८ ।  इसाई धर्मको प्रचारमा संलग्न विवादास्पद संस्था ‘युनिभर्सल पिस फेडेरेसन’को नेपालमा दुई दिने एसिया प्यासिफिक सम्मेलनका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु बोल्न थालेका छन् । कांग्रेस नेता गगन थापाले युनिभर्सल पिस फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।

 

यद्धपी यसमा नेपाल सरकार र सत्तारुढ दलका नेताको संलग्नतामा सबैभन्दा धेरै प्रश्न उठेको छ । कम्युनिष्ट विरोधी पृष्ठभूमी र धर्म प्रचारको ध्येय राख्ने विवादास्पद संस्थाको सम्मेलन सफल बनाउन कम्युनिष्ट नेतृत्वको सरकार र कम्युनिष्ट नेता किन नै मरिमेटेर लागे भन्ने प्रश्नको जवाफ थापाले मागेका छन् । यद्धपी जानेर नजानेर उक्त संस्थामा लागेका व्यक्तिहरुले अब छाड्नु पर्ने थापाको भनाई छ ।

 

यस अघि उक्त सम्मेलनको विरोध गरिसकेको कांग्रेसले यसलाई नेपालमा प्रतिवन्द लगाउने विषयमा आफ्नो धारण बनाउनु पर्ने उनी बताउछन् । उता यूनिभर्सल पिस फेडेरेसनका नेपाल प्रमुख एकनाथ ढकालले काठमाडौंमा आयोजित एसिया प्यासिफिक समिट सफल भएको भन्दै कोरियामा आयोजना गरिएको कार्यक्रममा नेपालमा सबैले जेसिशकी छोरीलाई स्वीकारेको बताए । अहिले ढकाललको चौतर्फी आलोचना भइरहेको छ ।

 

यस्तै विवादित संस्थालाई साथ दिई सरकारलाई बदनाम गराएको भन्दै नेकपका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको आलोचना भइरहेको छ । पूर्व प्रधानमन्त्री नेपाल २२ वर्ष देखि यो संस्थामा आवद्ध छन् । पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री राजनीतिक दलका नेताहरु विवादास्पद संस्थाका क्रियाकलापमाा संलग्न देखिन्छन् ।