निर्मला पन्तको हत्यारालाइ सरकारले नै समर्थन गरेको छ : सभापति देउवा

काठमाडौं , मंसिर २९।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन् । शनिबारदेखी काठमाडौंमा कांगेस महासमिति बैठकको उद्घाटनमा सभापति देउवाले निर्मला हत्यारालाई सरकारले नै समर्थन गरेको पुष्टि हुदै गएको बताएका हुन्। ’न्यायका लागि प्रचार टाँस्दा च्यात्नु नै यसको प्रमाण हो’ देउवाले भने।

मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारको क्रियाकलाप सर्वत्र आलोचित भएको उनले उल्लेख गरे । संघीयता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको पनि उनले दाबी गरे । वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढीगण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उनले त्यस विरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताए ।

 

महासमिति बैठकबाट पार्टीलाई एकताबद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उनले जोड दिए । मुलुकका ठुला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठुलो योगदान रहेको चर्चा गर्दै उनले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गरे ।

 

पार्टी्भित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टीकै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एकपटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उनले उल्लेख गरे ।