बासी भात खानुका फाइदै फाइदा यस्ता छन्, एक पटक अनिवार्य पढनुहाेला

 

कहिलेकाँही बढी पकाउँदा भात बाँकी रहन्छ । प्रायजसो राति धेर भएको भात बासी हुन्छ । तर हाम्रो आम बानी छ कि बासी भात फ्याँकीदिने । नभए घरपालुवा जनावरलाई दिने ।

 

तर तपाईंलाई थाहा छ, बासी भात हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ नि । फ्याँकिहाल्नुभन्दा पनि बासी भातलाई माटोको भाँडोमा रातभरि भिजाएर राख्नुस् अनि बिहानको नाश्ताका रूपमा खानुस् । यसको सेवनले शरीरका कैयौं समस्या समाधान हुन्छन् ।

शरीरको तापक्रम नियन्त्रण
बासी चामलको चुरो चिसो नै हुने हुनाले यसलाई दिनदिनै खाँदा शरीरको तापक्रम नियन्त्रणमा रहन्छ ।

कब्जियतबाट राहत
बासी चामलमा भरपूर मात्रामा फाइबर हुन्छ जसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ ।

शरीरको ऊर्जा
यसको सेवनले ऊर्जा प्राप्त भएर शरीर तरोताजा हुन्छ ।

अल्सरको घाउ
तपाईंलाई अल्सरको समस्या छ भने बासी चामलको सेवन गर्नुहोस् । हप्तामा तीनचोटि बासी भात खाँदा अल्सरको घाउ निको हुन्छ ।

चियाकफीको लत छुटाउँछ
तपाईंलाई ज्यादै चिया र कफी पिउने बानी छ र यो लतबाट छुटकारा चाहनुहुन्छ भने बासी भात खान शुरु गर्नुस् ।