कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी एक साउदी युवतीले आफू स्वतन्त्र जीवन ज्यूनकाे लागि परिवारबाट भागेको बताएकी छन्

एजेन्सी,। कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी एक साउदी युवतीले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम लिनलायक काम भएको बताएकी छन्।दुई हप्ताअघि १८ वर्षीया रहफ मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन्।परिवारले आफूसँग दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बता एकी थिइन्।

टोरन्टो स्टार समाचारपत्रिकासँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘मैले लिएको जोखिम लिनैपर्ने थियो। मैले गुमाउनुपर्ने केही थिएन।’‘हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ,’ उनले भनिन्, ‘म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग क स्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ।’

 

परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन्।उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्याङ्कक हुँदै त्यता जान चाहन्थिन्। तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कूटनीतिज्ञले आफ्नो राहदा नी खोसिदिएको उनको दाबी थियो।

फर्किने टिकट र आवश्यक कागजपत्र नभएको भन्दै उनलाई थाई अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। त्यहाँबाट उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै विभिन्न देश, मानवाधिकारवादी संस्था र संयुक्त राष्ट्रसङ्घलाई ट्विटरबाट गुहारेकी थिइन्।तर पछि उनले रा हदानी फिर्ता पाएको ट्विटरमा लेखेकी थिइन्।

 

ह्युमन राइट्स वाच र थुप्रै पत्रकारहरूले यस विषयमा बोल्न र लेख्न थालेपछि थाईल्यान्डले उनलाई त्यहीँ रहन दिएको थियो।परिवारले परित्याग गरेकाले उनले अहिले आफ्नो पुरानो थर अलकुनुन लेख्न छोडेकी छन्।संयु क्त राष्ट्रसङ्घले उनको शरणार्थी हुन पाउनुपर्ने मागको बारेमा छानबिन गरेको थियो र उनलाई शरणार्थीको मान्यता दिएको थियो।

त्यसपछि उनी क्यानडा उडेकी हुन्।‘यस्तो हुनसक्ने एक प्रतिशत सम्भावना होला भनेर मैले सोचेकै थिइनँ,’ उनलाई उद्धृत गर्दै टोरन्टो स्टारले लेखेको छ, ‘मानवाधिकारलाई सम्मान गर्ने देश क्यानडामा म सुरक्षित अनुभव गरिरहेकी छु।

 

’उनले थपिन्, ‘यहाँ मेरो आगमन कुरेर बसेकाहरूबाट प्राप्त मायाले मलाई आफ्नो पुनर्जन्म भएको जस्तो लागेको छ।’रहफले क्यानडाको हावापानीसँग अनुकूल हुन आफूलाई केही समय लाग्ने तर नयाँ अनुभवका लागि उत्साहित रहेको बताइन्।‘म कहिल्यै नगरेका कुराहरू गर्छु,’ उनले सीबीसी टीभीलाई बताइन्।‘म नसिकेका कुराहरू सिक्नेछु। जीवनलाई बुझ्नेछु, म जागिर खानेछु र एउटा सामान्य जीवन बाँच्नेछु।’ बीबीसी