वाइडबडी प्रकरणलाई ओली र देउवाले लुकाउने सहमति गरेका छन् : बाबुराम भट्टराई

काठमाडौं,माघ ३। नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ओली र देउवाले वाईडी प्रकरणलाई ढाकछोप गर्ने सहमती गरेको आरोप लगाएका छन् ।

 

वाइडबडी विमान खरिद प्रकरणमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको उनको आरोप छ । भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वाइडी प्रकरणलाई लुकाउने सहभती भएको दावी गरे ।

भट्टराईले वाईडबडी प्रकरण बाहिर अआउने वित्तिकै ओली र देउवाबीच यो प्रकरण लुकाउनको लागि सहमति भएको बताएका छन् । नयाँ शक्ति पार्टी, नेपालले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा समेत गरेका छन्। संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कार्वाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताए।