चिसोमा किन बढ्छ हृदयघातको खतरा जनकारीकाे लागि पुरापढ्नुहाेस्

एजेन्सी । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ। विगतमा यो रोग विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ।

 
मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ। मुटुले आफ्नै रगत नली ९कोरोनरी धमनी० को सहायताले मुटुमा रगत फैलाउँछ।

 

मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्टेरोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा रगत र अक्सिजन पुग्दैन र हृदयाघात हुन्छ। हृदयाघात भनेको पनि कुनै कारणवश मुटुले पाउनुपर्ने रगत र अक्सिजन नपाएर मुटुले काम गर्न नसक्ने स्थिति हो।

 

जाडो मौसममा स्वास्थ्य सम्बन्धी धेरै थरीका समस्याहरु देखा पर्ने गर्छन् । यसको सबैभन्दा नकारात्मक असर हाम्रो मुटुमा परिरहेको हुन्छ जसकारण मुटुका कोषहरु सिकुडिने गर्छन् र रगत अनि अक्सिजनको आपूर्ति राम्रोसँग हुन सक्दैन । यसले रक्तचापलाई अचानक बढाइदिन्छ र हृदयघातको खतरा पनि वृद्धि हुन्छ ।

यसबाट बच्न यस्तो तरिका अपनाउन जरुरी –

– आफ्नो शरीरलाई सधैँ तातो राखिरहने । शरीरलाई चिसोबाट जोगाएर चिसो लाग्नबाट बच्नुपर्छ ।

– आफू बस्ने वातावरणलाई पनि न्यानो राख्नुपर्छ । घर, अफिस जस्ता स्थानमा चिसो हावा आउन दिनु हुँदैन ।

 

– चिसो मौसममा चिसो खानेकुरा खायो भने शरीरका सबै कोषहरु झनै सिकुडिदै जान्छन् । त्यसकारण जाडोमा सकेसम्म तातो पानी र खाना मात्र खाने गर्नुपर्छ ।

 

– कतिपय मानिसहरु जाडोको समयमा शरीरलाई तातो बनाउन भन्दै अत्याधिक मदिरा र चुरोट सेवन गर्ने गर्छन् । तर यो बानी शरीरका लागि धेरै हानिकारक छ । नशालु पदार्थले पूरै शरीरलाई झन खुम्चाइदिने हुनाले यस्ता पदार्थ सेवन गर्नबाट बच्नुपर्छ ।

 

– यदि कोही मधुमेहका बिरामीलाइ मुटु दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता संकेत देखा परेमा तुरुन्तै चिकित्सककहाँ गइहाल्नुपर्छ । यस्ता बिरामीलाई हृदयघातको सम्भावना अत्याधिक हुने भएकाले सकेसम्म सचेत भएर बस्नुपर्छ ।

 

– जाडो मौसममा शरीरका सबै अङ्गलाई न्यानो पार्न दैनिक २० मिनेटसम्म घाम ताप्ने गर्नुपर्छ । यसो गर्दा तातो हुनुका साथै कोलेस्ट्रोल पनि कम हुन्छ जसले हृदयघातको सम्भावना धेरै कम गराउँछ ।