नेपालले इन्डोनेसियालाई हराउँदै फाइनलमा प्रवेश, नेपाल उपाधिको नजिक

काठमाण्डौँ, माघ ४। थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।

 

इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो। नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।

 

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएई र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोली, पाचौँ​ तथा समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

 

यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो।समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।