लाइसेन्स नभए पनि पढाउन पाइने !

काठमाडौं, माघ ६ । पढाइमा अब्बल र मेधावी विद्यार्थीले लाइसेन्सबिना पनि अध्यापन गराउन पाइने व्यवस्था गर्न पहल थालिएको छ । सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले क्षमतावान् व्यक्तिलाई शिक्षण पेशामा आकर्षित गर्न यस्तो सिफारिस गरेको हो ।

 

स्नातकोत्तर तहमा तोकिएको विषयमा प्रथम श्रेणी, बी प्लस वा सोभन्दा उच्च ग्रेड ल्याएका व्यक्तिलाई अबदेखि माध्यमिक विषय शिक्षक हुन सक्ने व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले बुझाएको प्रतिवेदनमा मेधावी व्यक्तिका लागि शिक्षण गर्न अध्यापन अनुमतिपत्र अनिवार्य छैन ।

 

क्षमतावान् विद्यार्थीलाई प्रधानाध्यापकले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको परामर्शमा सोझै रिक्त दरबन्दीमा बढीमा एक वर्षका लागि करारमा नियुक्ति गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।