फागुन ३ भित्रै कर्मचारी समायोजन

काठमाडौं, माघ ७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने जनाएको छ ।मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले समायोजन फाराम भरेका कर्मचारीको विवरण जाँच शुरु गरिएको जानकारी दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् ।

 

फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजन पत्र दिन शुरु गरिने जनाइएको छ । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।