प्रेमिकाको वियोगमा आत्महत्या गरेका युवकको पोष्टमार्टममा खुल्यो यस्तो रहस्य

एजेन्सी, जीरकपुर। भारतको पंजाब राज्यको जीरकपुरमा हिजो आत्महत्या गरेका ‘युवक’को पोष्टमार्टममा होश उडाउने रहस्य खुलेको छ । २२ वर्षका ती ‘युवक’ले प्रेमिकाको वियोगमा आत्महत्या गरेको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

यहाँको ओएसिस यारिज प्यालेसमा काम गर्ने सहयोगीले झुण्डिएर आत्महत्या गरेका थिए । शनिबार डेराबस्सीमा उनको पोष्टमार्टम हुँदा होश उडाउने रहस्य खुल्यो । पोस्टमार्टम गर्ने डाक्टरले भने कि उनी युवक नभइ युवती थिइन् । उनी युवती भएको रहस्य कसैलाई पनि थाहा थिएन ।

डाक्टरको कुरा सुनेपछि पुलिस, उनीसँग काम गर्ने स्टाफदेखि उनको परिवार समेतको होशहवास उड्यो । उनीहरु कोही पनि डाक्टरको कुरा मान्न तयार थिएनन् । यतिसम्म कि कबीर राय नाम भएका ती कथित युवकले सुसाइट नोटमा पनि आफूलाई पुरुष उल्लेख गरेका थिए ।

 

उनले आफ्नी प्रेमिकाले आत्महत्या गरेपछि दुःखी भएर आफूले पनि आत्महत्या गरेको लेखेका थिए । सबैभन्दा आश्चर्यको कुरा त २० वर्षकी उनकी बहिनीले समेत अहिलेसम्म उनलाई दाजु नै मानिरहेकी थिइन् । पोष्टमार्टमपछि उनी समेत यो कुरा मान्न तयार भइनन् कि मृतक उनको दाजु नभइ दिदी हो ।

 

प्रहरीले उनी लिंग लुकाएर बस्नुको पछाडि के कारण थियो भनेर खोजी सुरु गरेको छ । घटनास्थलमा प्रहरीले भेटेको सुसाइड नोटमा उनकी प्रेमिका दिल्लीमा भएको र २० दिनअघि उनले आत्महत्या गरेकोले त्यही वियोगमा आफूले पनि आत्महत्या गरेको उल्लेख छ । मृतककी बहिनी निर्मलाका अनुसार कबीर महिला भएको उनलाई कहिल्यै लागेन । उनी पुरुष नै थिए र आम मानिसहरुसँग पुरुषलेजस्तै व्यवहार गर्थे ।

कबीर र उनकी बहिनी निर्मलालाई मातापिताले धेरै पहिले छोडेर गएका थिए । त्यसपछि कबीर दिल्लीमा र निर्मला मौलीजागराँमा बस्थे । कबीर २ वर्ष पहिले आएर पुरुषको रुपमा प्यालेसमा काम गर्न थालेकी थिइन् । पोष्टमार्टम गर्ने डाक्टरका अनुसार कबीरको बीचमा लिंग परिवर्तन भएको होइन न त उनी तेस्रो लिंगी हुन् ।

उनको शरीरमा पूर्ण विकसित र स्वस्थ स्त्री प्रजनन अंग छन् जसको अर्थ उनी जन्मजात छोरी नै हुन् । उनीसँग काम गर्ने स्टाफदेखि पार्टी प्यालेसका मालिकसमेतले भने उनको हाउभाउ, चालढाल सबै पुरुषको जस्तो भएको बताएका छन् ।