नेपाल विद्यार्थी संघले सरकारको अधिनायकवादी कदमका विरुद्ध शक्ति प्रदर्शन गर्दै,सरकारलाइ सोधिएका छन् १६ प्रश्‍न ?

काठमाडौं माघ ९। नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारको अधिनायकवादी कदमका विरुद्ध बुधबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। सत्तापक्षले दुई तिहाइको दम्भमा प्रतिपक्षीलाई पेलेर माफिया पोस्ने विधेयक संसदमा पारित गर्न लागेको भन्दै नेविसंघले बुधबार दिउँसो माइतीघर मन्डलामा प्रदर्शन गरेको हो।

 

नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकारले जनहित विपरित कदमलाई वैधानिता दिन खोजेकोले पार्टीले सदनबाट र नेविसंघले सडकबाट सशक्त आन्दोलन गर्ने बताएका हुन्। नेविसंघले मंगलबार प्रेस बक्तव्य जारी गर्दै सरकारलाई १६ प्रश्‍न गरेको छ। अध्यक्ष महरले भने, निर्मलाका हत्यारालाई सरकारले किन संरक्षण गर्‍यो, डा केसीसँगको सहमति किन कार्यान्वयन हुन सकेनलगायतका १६ वटा प्रश्‍न सहि जवाफ नदिएसम्म आन्दोलन जारी रहने छ।

उनले थपे, नेविसंघले विद्यार्थीको हकहितका साथै राष्ट्र र जनता अप्ठ्यारोमा परेको बेला सधैं सशक्त भूमिका निर्वाह गर्दै आएको छ। अहिले पनि मुलुक अप्ठ्यारोमा परेकोले नेविसंघले सशक्त रुपमा पार्टीले समर्थन गर्दै देशभर आन्दोलन गर्नेछ।

 

देशभर आन्दोलन गर्ने जनाएको नेविसंघले पहिलो चरणमा माइतिघरमा शक्ति प्रदर्शन गरेको हो।

सरकारलाई सोधिएका १६ प्रश्‍न यस्ता छन्,

 १- नेपाली कांग्रेसको सरकारले र डा गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो?

२- निर्मलाका हत्यारालाई सरकारको संरक्षण किन?

३- ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ

४- वाइडबडी घोटालाका दोषीको संरक्षण किन?

५- पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थ्य संस्थालाई किन खारेज गर्न जोजिदै छरु

६- दैनिक उपभोग्य बस्तुमा ३००५ भन्दा बढी मूल्य बृद्धि किन?

७- चिनिमा भएको अर्बौ भ्रष्टाचारको छानविन कैले हुन्छ?

८- कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन?

९- राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विदेशीलाई किन?

१०- यातायातको सिन्डिकेट नहटाउन कति कम्ल्यायौं?

११– प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन?

१२- नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीको सर्टिफिकेट धितो राखेर विना ब्याज ऋणको ब्यवस्था किन लागु भएन?

१३- शिक्षामा २०५ बजेटको ब्यवस्था किन भएन?

१४- माध्यामिक शिक्षा निशुल्कको संवैधानिक ब्यवस्था कहिले लागु हुन्छ?

१५- विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बिमा किन कार्यान्वयन भएन?

१६- स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकाशित हुँदैन?