ऐन महरको गगन थापालाई चुनौती मुठभेड गर्ने हिम्मत भए त्रिचन्द्र आउनुहाेस्


काठमाडौं माघ ११। कांग्रेसले संसदमा मुठभेड गर्ने घोषणा गरे लगत्तै गगन थापालाई अनेरास्वबियूका महासचिव ऐन महरले कडा चुनौती दिएका छन् । महरले मुठभेड गर्ने थापाको नानीदेखिकै बानी रहेको भन्दै आफै स्वबियू सभापति भएको त्रीचन्द्र क्याम्पसमा आउन महरले चुनौती दिएका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव महरले जननिर्वाचित सदन मुठभेड गर्ने थलो नभएको भन्दै हिम्मत भए त्रिचन्द्र कलेजमा आउन चुनौती दिएका छन् ।

 

उनले भनेका छन्, ‘नेपाली जनताको ७० बर्ष भन्दा बढिको संघर्ष र बलिदानीबाट प्राप्त संबिधान सभाबाट झण्डै ९० भन्दा बढिको बहुमतबाट पारित जनताको संबिधानले ब्यबस्था गरिएको जननिर्वाचित संसदको गरिमा कायम गर्नु सबै लोकतान्त्रिक शक्ति र लोकतन्त्रमाथी बिश्वास गर्ने हामी सबैको कर्तब्य हो । संसदमा नीति निर्माण सम्बन्धी बहस छलफल प्रक्रिया गत रुपमा हुनु पर्छ । कुनै पनि अवस्थामा संसदमा विधि पद्धती भन्दा बाहिर गएर प्रक्रिया लाई आत्मसाथ नगरिनु लोकतान्त्रिक मान्न सकिँदैन। बाहुबलिको प्रयोग गर्नु मुठभेड सिर्जना गर्नु घोर अलोकतान्त्रिक चिन्तन हो ।’

 

साथै उनले त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापती, नेवि संघका पुर्व महामन्त्री थापा लोकतन्त्रको गित गाएर नथाक्ने बताए । उनले भनका छन्, –त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापती, नेवि संघका पुर्व महामन्त्री माननीय गगन थापाले जो लोकतन्त्रको गित गाएर थाक्दैनन संसदमा मुठ्भेड गर्ने दादागिरी चलाउने भन्नू भएछ ।

 

म माननीय गगन थापालाई अनुरोध गर्न चाहन्छु – संसद मुठ्भेड गर्ने थलो होइन । तपाइको नानी देखिको बानी नै हो मुठ्भेड रुचाउने । तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियु का कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा ।

 

संसदमा नीति निर्माण गर्न दिनुस, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नू हुन्छ या खुल्लामञ्च त्यतै मुठ्भेडको अभ्यास गरौं । अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ बर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ । साथै क्याम्पसको बेरुजु पनि फर्च्यौट गर्नुहोला।त्यो बेला अरु संगठनलाई प्रतिस्पर्धा पनि गर्न नदिने तपाईं अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्नू होला ।