नेपाल ३ विकेटले युएईसँग पराजित

काठमाडौं, माघ ११ । युएईमा जारी तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको छ। दुबईस्थित आइसीसी एकेडेमीमा नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य युएईले ७ विकेट गुमाउँदै ३२।१ ओभरमा पुरा गर्‍यो।

युएईलाई जिताउन आठौं विकेटको लागि आमिर हायात र इमरान हैदरले साझेदारी गरे। दुवैले आठौं विकेटको लागि ४३ रनको शानदार साझेदारी गर्दै नेपालको शृंखलामा १(० को अग्रता बनाए।

उसका लागि हायातले अविजित २४ रन बनाउन ४२ बलमा १ चौका र १ छक्का प्रहार गरे भने हैदरले अविजित १८ रन बनाउन ३९ बलमा २ चौका प्रहार गरे। घुलाम सहब्बरले सर्वाधिक ३० रन बनाएका थिए। युएईका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करन केसीले समान २(२ विकेट लिए पनि हार टार्न सकेनन्। अर्को विकेट सोमपाल कामीले लिएका हुन्।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३।५ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा आरिफ शेखले २५ तथा कप्तान पारस खड्काले २० रन बनाएका थिए।

 

सन्दीप लामिछानेले १५ रन बनाउनुबाहेक बाकी कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३(३ विकेट लिँदा इमरान हैदारले २ र क्वादेर अहमदले १ विकेट लिएका थिए।

 

यो जितसंगै युएईले नेपालसँगको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अपराजित यात्रा कायम राखेको छ। यसअघि युएईले नेपाललाई एसिया कप छनोटमा ७८ रनले हराएको थियो।

 

सिरिज अन्तर्गत दोस्रो एकदिवसीय भोलि शनिबार खेलिनेछ। आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११स्१५ बजेबाट सुरू हुनेछ।