‘साइबर रेप’ पासोमा युवती

काठमाडौं,माघ १२ । सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ ।

अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रुपमान्तरण भएका छन् । यिनमा धेरै जसो पीडित १८ वर्षमुनिका देखिन्छन् । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।