गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु ,प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था चिन्ताजनक

काठमाडौं ,  माघ १३  । बारामा सरकारी गाडी दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्य भएको छ । भने बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था चिन्ताजनक छ ।

बा। १ झ। १६३३ नम्बरको सरकारी गाडी दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । घटना शनिवार राती भएको हो ।