प्रचण्डविरुद्ध भ्रष्टाचारको मुद्दा हाल्ने तयारी

काठमाडौंं, माघ १३ । शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब भत्ता राज्यकोषबाट छुट्याइएको अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै बहिर्गमनमा रहेका जनमुक्ति सेनाले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।

 

उनीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बहालवाला मन्त्रीविरुद्ध मुद्दा हाल्ने तयारी गरेका हुन् । बहिर्गमित लडाकुका वरिष्ठ उपाध्यक्ष योग्यबहादुर कार्की प्रदिपका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, ऊर्जामन्त्री वर्षामान पुन, कृषिमन्त्री चन्द्रदेव खनाल तथा नेता जनार्दन शर्माविरुद्ध मुद्दा हाल्ने तयारी भइरहेको छ । उनीहरु तत्कालीन शिविरका कमान्डर थिए ।

 

जनमुक्ति सेनाको व्यवस्थापनका लागि युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायले अर्बौं रकम उपलब्ध गराएपनि सो रकम पारदर्शी नभएको बहिर्गमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष कार्कीले बताए । समाचार आजको राजधानी दैनिक  बाट ।