करेन्ट लागेर ४५ को मृत्यु

काठमाडौं, माघ १३ । प्रदेश २ मा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार ६ महिनायता करेन्ट लागेर ४५ जनाको ज्यान गएको छ ।

विद्युतीय उपकरण चलाउने सामान्य ज्ञान नहुँदा धेरैले करेन्ट लागेर ज्यान गुमाउनुपरेको हो । प्रदेश २ का गाउँ सहरका गल्ली–गल्लीमा बिजुलीका तार लत्रिएका छन् भने पोल जीर्ण छन् । नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालयले लत्रिएका तार, पुराना पोल व्यवस्थापन गर्न चासो दिएको छैन ।

सडकमै तार लत्रिएकाले शुक्रबार जन्ती सवार बसमा करेन्ट लाग्दा ६ जनाले अकालमै ज्यान गुमाए भने त्यसभन्दा दोब्बर घाइते भए । समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।